नेपाल उद्योग वाणिज्य महासंघद्वारा संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ समक्ष
संविधानको प्रारम्भिक मस्यौदा माथि निजी क्षेत्रको सुझाव पेश गरिएको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले आज संविधानसभाका अध्यक्ष समक्ष सो सुझाव पेश गर्नु भएको हो ।
सो अवसरमा महासंघका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा निजी क्षेत्रबाट पेश गरिएको सुझाव ग्रहण गर्नुहुंदै अध्यक्ष नेम्वाङले निजी क्षेत्रका सुझावहरुलाई संविधानमा स्थापित गराउन आफ्नो तर्फबाट भरमग्दुर प्रयास हुने विश्वास दिलाउनु भयो ।
सोही विषयमा जानकारी गराउने उद्देश्यले आजै महासंघद्वारा सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो धारणा स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष मुरारकाले निजी क्षेत्रको धारणा स्पष्ट पार्नुभयो । अध्यक्षले वोल्नु भएको धारणाहरु ।
महासंघका उपाध्यक्षहरु, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित रहनु भएको कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै वरिष्ठ उपाध्यक्ष भवानी राणाले जुनसुकै राजनीतिक प्रणाली आएपनि त्यसलाई स्थायीत्व दिने भनेको सुदृढ अर्थतन्त्रलेनै हो भन्नुहुदै नयां संविधानमा मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिनु भयो ।
उहांले संविधानमा लगानी प्रवद्र्धनका आधारहरु सुनिश्चित हुनुपर्नेमा जोड दिनु भयो । निजी क्षेत्रको नेतृत्वमा आर्थिक विकास अगाडी बढ्नुपर्ने महासंघको धारणालाई संचारमाध्यमहरुले सहयोग गर्नुपर्ने धारणा समेत राख्नु भयो ।