अव संविधान बन्छ कि भन्ने जनतामा आश पलाएको समयमा फेरि बन्द हड्ताल आव्हान गरिएका भन्ने समाचारहरु सुनिनमा आएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । यस्ता समाचारले महासंघ दु:खित समेत भएको छ ।
सवै राजनीतिक दल, वर्ग, समुदाय, पेशा व्यवसाय मिलेर संविधान निर्माण कार्यलाई रचनात्मक रुपमा सहयोग गरि वर्षौदेखि आफ्नै हातले लेखेको संविधान पाउने आशमा रहेका जनताको चाहनालाई पुरा गर्ने कार्यमा सहयोग गर्नुको साटो यस्ता बन्द हड्तालको आव्हान गरिनु अत्यन्त दूर्भाग्य भएको ठहर महासंघको छ ।
विगतमा निरन्तर रुपमा आयोजना भएका बन्द हड्तालकै कारण मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको, कतिपयले शैक्षिक, स्वास्थ्य तथा न्यूनतम मानव अधिकारबाट समेत बंचित हुन परेको स्मरण गराउंदै भुकम्पले थिलोथिलो पारेको अर्थतन्त्रलाई फेरी यस्ता बन्द हड्तालले कहां पुर्याउला गम्भीर भएर सोच्न समेत महासंघ आग्रह गर्दछ ।
अत: संविधान निर्माणसंगै भुकम्पपछि नेपाली जनता सामान्य दैनिकीतर्फ भर्खर फर्कने लागेको अहिलेको अत्यन्त संवेदनशील अवस्थामा यस्ता बन्द हड्तालका सवै कार्यक्रम फिर्ता लिई मुलुकलाई थप वर्वादी हुनबाट जोगाउन महासंघको सम्बन्धित पक्षसंग गम्भीर आग्रह छ । साथै मुलुकभित्र शान्ति सुरक्षा वहाली गरि जनताको वांच्न पाउने अधिकारको प्रत्याभुति गर्न महासंघ नेपाल सरकारसमक्ष जोडदार माग समेत गर्दछ ।