»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















इटलीको मिलानमा आयोजना वर्ड एक्सपोमा नेपालको सहभागिता (२०७२/४/१२)


हरेक पांच वर्षमा आयोजना हुंदै आएको वर्ड एक्सपो (World Expo) यस वर्ष इटलीको मिलानमा भैरहेको छ । मे १ देखि शुरु भएको मेला आगामी अक्टोवर ३१ सम्म चल्ने छ । उक्त मेलामा नेपालले पनि नियमित रुपमा भाग लिंदै आएको छ । यो मेलामा पनि नेपालले भाग लिंदैछ ।

सहभागी १४० वटा देशका विकास झलक, नयां प्रविधि, नयां उत्पादन तथा सेवाहरु, वातावरण मैत्री उत्पादन तथा सेवाहरु, व्यापार तथा संयुक्त लगानी प्रवद्र्धन गर्ने यो मेलाको प्रमुख उद्देश्य रहेको छ । यस वर्षको मेलाको मुख्य विषय Feeding the planet energy for life रहेको छ । यस वर्षको मेलामा कृषिलाई विशेष प्राथमिकता दिइने छ ।

मेलामा दुई हजार स्कावायर क्षेत्रमा नेपाली पेभिलियन निर्माण भएको छ र उक्त पेभिलियनमा नेपालको पर्यटन, कला, संस्कति तथा हस्तकलाको प्रर्दशनी गरिएको छ । सोही क्रममा मेला परिसरमा सेप्टेम्वर २३ तारिखका दिन नेपाल डे मनाउने कार्यक्रम समेत रहेको छ । सोही समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु तथा नेपाली उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलको सहभागिता रहने छ ।

मेलाका विषयमा आज महासंघमा आयोजित छलफल कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले मेलाको उक्त फोरमलाई सदुपयोग गर्दै नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आग्रह गर्ने वताउनु भयो ।

महासंघका पूर्व अध्यक्ष एवं नेपालका लागि इटलीका महावाणिज्यदुत रविभक्त श्रेष्ठले नेपालमा लगानी गर्न इटलियन लगानीकर्ताहरु इच्छुक भैरहेको अवस्थामा यो मेलाबाट नेपालमा लगानीको अवसर जुटाउन महत्वपूर्ण हुने वताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले यो मेलामा नेपाली उद्यमी व्यवसायीको सहभागिता बढाउन महासंघले प्रयास गर्ने वताउंदै नेपाल र इटली बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा मेला कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो ।

कार्यक्रममा उक्त मेलामा नेपालको तर्फबाट समन्वय गर्नुहुंने व्यवसायी अमृत शाक्यले मेलाका वारेमा विस्तृत जानकारी दिनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.