»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघमा बजेट पछिको अन्तरक्रिया (२०७२/४/१८)


नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा अर्थमन्त्रालयका सचिव (राजस्व) नवराज भण्डारीको प्रमुख आतिथ्यतामा आर्थिक वर्ष २०७२-७३ को बजेट र आर्थिक विधेयकले गरेका व्यवस्थाका सम्बन्धमा साउन १८ गते, महासंघ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Post Budget

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु किशोर प्रधान र दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु, अर्थमन्त्रालय सो मन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरु, उद्यमी व्यवसायीहरुको अन्तरक्रियामा सहभागितामा थियो ।

कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष पशुपति मुरारकाले स्वागत मन्तव्य राख्नु भयो ।

सो अवसरमा प्रमुख अतिथि सचिव भण्डारीले कार्यक्रमबाट निकै महत्वपूर्ण सुझावहरु आएको र निजी क्षेत्रबाट वजेटलाई सफलरुपमा कार्यान्वयन गर्न महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

वजेट निजी क्षेत्र र लगानीमैत्री रहेको पनि स्पष्ट पार्नुहुंदै लगानीको वातावरण अनुकुल वनाई आर्थिक क्रियाकलाप बढाउने खालको बजेट रहेको पनि वताउनु भयो । सचिव भण्डारीले निजी क्षेत्रबाट प्राप्त सुझावलाई कसरी संवोधन गर्न सकिन्छ त्यसमा आफ्नो मन्त्रालय गृहकार्य गर्ने पनि वताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मण अर्यालले नयां बजेटमा गरिएको व्यवस्था सम्बन्धमा विस्तृत रुपमा प्रस्तुती दिनु भयो । कार्यक्रममा अर्थमन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरुले उद्यमी व्यवसायीहरुका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राणा, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठले निजी क्षेत्रका समस्याहरुलाई संवोधन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्यमी व्यवसायीहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.