»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सवै प्रकारका बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह कठिन परिस्थितिमा संयमता अपनाउन अपिल (२०७२/५/३)


संविधान निर्माणको अत्यन्त महत्वपूर्ण घडीमा सवै राजनीतिक दल, वर्ग, समुदाय, पेशा, व्यवसाय मिलेर आआफ्नो स्थानबाट संविधान छिटो ल्याउन सहयोग गर्नुपर्ने समयमा मुलुकका अधिकांश भागमा जारी बन्द, हड्तालप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।

निरन्तरको बन्द हड्तालको आव्हानबाट राज्यले निकै ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने, सर्वसाधारण नेपाली जनताले ठूलो सास्ती व्यहोर्नु परेको छ । बन्द हड्तालले देशभरका उद्योग व्यवसाय नराम्ररी प्रभावित भएका छन् । नेपालगंज लगायतका क्षेत्रमा उद्यमी व्यवसायी माथि भएको संघातिक आक्रमणबाट सुरक्षा चिन्ता बढ्नुको साथै निजी क्षेत्र थप त्रसिद हुन पुगेको छ । त्यस्ता आक्रमणको महासंघ निन्दा एवं भत्सर्ना समेत गर्दछ । लगातारका यस्ता बन्द हड्तालले मुलुकलाई कहां पुर्‍याउला गम्भीर भएर सोच्न समेत महासंघ अनुरोध गर्दछ ।

आजको अत्यन्त कठिन परिस्थितिमा सवैमा संयमता अपनाउन अपिल गर्दै जारी बन्द हड्तालका सवै कार्यक्रम फिर्ता लिई मुलुकलाई थप वर्वादी हुनबाट जोगाउन महासंघ सम्बन्धित सवै पक्षसंग गम्भीर आग्रह गर्दछ । साथै मुलुकभित्र शान्ति सुरक्षा वहाली गरि जनताको बांच्न पाउने अधिकारको प्रत्याभुति गर्न महासंघ नेपाल सरकार समक्ष जोडदार माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.