श्रीलंकाको राजधानी, कोलम्वोमा आजदेखि शुरु भएको एशियन व्यापार प्रवर्द्धन मंचको २८ औं कार्यकारि बैठक (28th CEO Meeting 2015, Asian Trade Promotion Forum) मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भागलिनु भएको छ । Integrating Asia with Global Value Chain मुख्य विषय रहेको बैठक आगामी बुधवारसम्म चल्ने छ ।
एशिया प्रशान्त क्षेत्रका २४ वटा राष्ट्रहरुबाट व्यापार प्रवर्द्धनका लागि काम गर्ने सरकारी तथा निजी संघ संस्थाहरुको सहभागिता रहने उक्त बैठकमा महासंघका महानिर्देशक खतिवडाले Vitalizing Nepalese Economy with Global Value Chain विषयमा नेपालको तर्फबाट धारणा राख्नुहुने कार्यक्रम छ ।
सो अवसरमा महानिर्देशक खतिवडाले बैठकमा भागलिन आएका अन्य देशका सहभागीहरुसंग भेटघाट समेत गर्नुहुने कार्यक्रम छ ।