»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर अपिल (२०७२/५/२१)


संविधान निर्माणको अत्यन्त महत्वपूर्ण घडीमा सवै राष्ट्र प्रेमी नेपालीहरुले मुलुकलाई अहिलेको संकटबाट माथि उठाउनु पर्ने वेलामा आआफनै माग राखी मुलुकभित्रका विभिन्न भागहरुमा महिनौ दिनदेखि जारी बन्दबाट हामी निजी क्षेत्र अत्यन्त हतोत्साहित भएका छौं ।

बन्द, हड्ताल जस्ता विरोधका कार्यक्रमहरु रोकी बार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न निजी क्षेत्रले पटकपटक गरेको आग्रहको कुनै सुनुवाई नहुनुलाई हामीले अत्यन्त गम्भीरतापूर्वक लिएका छौं, हामी सवै प्रकारका बन्द हड्तालको निन्दा एवं भत्सर्ना गर्दछौं । हाम्रो निस्कर्ष छ, बन्द हड्तालले आम जनताको शान्तिपूर्वक जीवनयापन गर्न पाउने अधिकार हनन गर्नुका साथै मुलुकको प्रगतिमा दीर्घकालिनप्रतिकुल असर गर्ने छ भने बन्द आयोजक स्वम्लाई पनि यस्ता गतिविधि प्रत्युत्पादक सावित हुने छ । महासंघ, बन्द आयोजक तथा सरकारको देहायका मूलविषयमा विशेष ध्यानाकर्षण गराउंदछ:

  • बन्द आयोजकबाट अविलम्व बन्द हड्तालका स्वरुप परिवर्तन गरियोस,
  • तत्काल वार्ता र संवादबाट समस्याको निकास खोजियोस,
  • बन्दले सवै प्रकारका उद्योग व्यवसाय बन्द हुन गई अर्वौको आर्थिक नोक्सान भएकोमात्र होइन आर्थिक विकास र समृद्धिको वाटो पहिल्याउने प्रयासमा समेत गम्भीर असर पार्नेछ,
  • श्रमजीवी मजदूरहरु रोजगारीको अवसरबाट वंचित हुनगई जनजीवीकाको सवाल अत्यन्त पेचिलो हुनुको साथै आम नागरिकको वांच्न पाउने अधिकार समेत कुंठित भएको छ,
  • लाखौं विद्यार्थीहरु पठनपाठनबाट बंचित हुनगई उनीहरुको शैक्षिक भविष्य अन्धकार हुंदैछ,
  • तत्काल स्वस्थ्य सेवा आवश्यक भएका विरामीहरुले सेवा नपाउंदा मृत्यवरण गरिरहेका छन्,
  • पर्यटन उद्योग गम्भीर संकटमा छ, अन्तर्राष्ट्रिय जगतमा नेपालवारे नाकारात्मक सैदेश जांने स्थिति उत्पन्न भएको छ,
  • कृषिजन्य उपजहरु समयमा वजार पुऱ्याउन नपाउंदा करोडौंको नोक्सानी व्यहोर्न किसानहरु वाध्य भएका छन्, जसको दैनिकजीवनयापन समेत अत्यन्त कष्टकर वन्दै गएको छ,
  • अत्यावश्यक उपभोग्य वस्तुहरुको वजारमा अभाव हुनगई जनताको जीवनजीउने नैसर्गिक अधिकार समेत कुंठित हुन गएको छ,

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका, रोजगारी, कर राजस्वमा निजी क्षेत्रको योगदानको उचित कदर गरि उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गर्न सरकारसंग गम्भीर माग गर्दछौं । निर्वाध उद्योग व्यवसाय संचालन गर्न पाउनुपर्ने निजी क्षेत्रको नैसर्गिक अधिकार हो र त्यो वातावरण वनाउने जिम्मेवारी सरकारको हो । औद्योगिक सुरक्षा प्रदान गर्न सरकारसंग आग्रह गर्दै सो हुन नसकेको अवस्थामा समग्र अर्थतन्त्रनै धरासायी हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछौं ।

आजको यो अत्यन्त कठिन अवस्थामा सवै प्रकारका बन्द हड्ताल र विरोधका कार्यक्रमहरु अविलम्व फिर्ता लिई मुलुकलाई गम्भीर संकटबाट माथि उठाउन महासंघ सम्बन्धित पक्षसमक्ष गम्भीर अपिल गर्दछ । साथै वार्ताको वातावरण वनाउन नेपाल सरकारको समेत महासंघ गम्भीर ध्यानाकर्षण गराउंदछ । महासंघको यो अपिललाई गम्भीरतापूर्वक मनन गरि नेपाल र नेपालीको अस्मिता जोगाउने ऐतिहासिक जिम्मेवारीको पहल सवै सराकारवाला पक्षले गर्ने आशा एवं विश्वास महासंघले लिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.