»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको प्रनिधिमण्डलद्वारा सम्माननीय प्रधानमन्त्री समक्ष भेट : मुलुकको अर्थतन्त्रलाई सम्भावित दूर्घटनाबाट बचाउन आग्रह (२०७२/५/२६)


सम्माननीय प्रधानमन्त्री सुशिल कोइराला समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरि मुलुकको अर्थतन्त्रलाई सम्भावित दूर्घटनाबाट बचाउन आग्रह गऱ्यो ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष मुरारकाले लगातारको बन्द मुलुकको अर्थतन्त्रका लागि वैशाख १२ को भुकम्प भन्दा पनि अझ विनासकारी भएको तथ्य राख्नु भयो ।

अध्यक्ष मुरारकाले लगातारको बन्दबाट राज्यले निकै ठूलो आर्थिक नोक्सानी व्यहोरिरहेको, उद्योगकलकारखाना सवै ठप्प रहेको, उद्योग व्यवसाय र उद्योग प्रतिष्ठानहरुमा सुरक्षाको चुनौती बढ्दै गएको, निजी सम्पत्तिमाथि आक्रमण गरि क्षति पुऱ्याइएको, अन्तराष्ट्रबाट मगाइएको कच्चापदार्थ नाकाहरुमा रोकिएर सवैकाम नलाग्ने भएको, आन्तरिक उत्पादनहरु वजारमा पुरयाउन नपाउंदा वजारमा उपभोग्य वस्तुहरुको सामान अभाव हुने अवस्था सृजना भएको, बन्दबाट आम जनताको न्यूनतम मानवअधिकार हनन हुनुको साथै उनीहरुको दैनिक जीवनयापननै अत्यन्त कष्टकर भएकाले तत्काल उद्योग व्यवसाय सुचार गर्ने वातावरण वनाईदिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो । उद्योग व्यवसाय अवपनि सुचारु हुन पाएनन भने कुनैपनि वेला अर्थतन्त्र गम्भीर संकटमा फस्ने तर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

उद्योग व्यवसाय, प्रतिष्ठानमा आक्रमण गर्ने, त्यहां कार्यरत मजदुर कर्मचारीहरुलाई वलजफ्ती निकाल्ने, कुट्ने, पेट्रोल वम प्रहान गर्ने, उद्योग प्रतिष्ठानहरुको भौतिक सम्पतिमा क्षति पुऱ्याउने, सवारी साधनहरु तोडफोड, आगजनी गर्ने, भंसारमा सामान छुटाउन गएका व्यक्तिहरुलाई धम्क्याउने, जस्ता अत्यन्त अमानवीय कार्य भएकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु हुंदै अध्यक्ष मुरारकाले सरकारको तर्फबाट उचित शान्ति सुरक्षा दिन आग्रह गर्नुभयो ।

महासंघले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिई वार्ता र सम्वादका माध्यमबाट छिटो संविधान घोषणा गर्ने अभियानमा संलग्न हुन र उद्योग व्यवसाय निर्वाध संचलनका लागि कुनै पनि अवरोध नगर्न आन्दोलनरत दलका नेताहरुलाई भेटी आग्रह गरेको पनि अध्यक्ष मुरारकाले प्रधानमन्त्री समक्ष जानकारी गराउनु भयो । वार्ता र संवादका माध्यमबाट जतिसक्दो छिटो अन्योलता अन्त्य गरि संविधान घोषणा हुनुपर्ने निजी क्षेत्रको अडान रहेको पनि उहांले स्पष्ट पार्नुभयो ।

निरन्तरको बन्दबाट उद्योगी व्यवसायीले आफना कर्मचारी, मजदुरलाई दिनुपर्ने तलवज्याला, सरकार र बैंक वित्तिय संस्थालाई वुझाउनु पर्ने कर राजस्व एवं ऋणको किस्ता तिर्न सक्ने अवस्था समेत नरहेकाले पूर्ण औद्योगिक सुरक्षा सहित तत्काल उद्योग व्यवसाय सुचारु गर्ने वातावरण वनाइदिन सो अवसरमा प्रधानमन्त्री समक्ष आग्रह गरियो ।

सो अवसरमा प्रधानमन्त्रीले मुलुकको पछिल्लो अवस्थाप्रति आफूहरु पनि अत्यन्त चिन्तित रहेको र वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न संविधानसभा दुई दिन स्थगन गरेर वार्ताका लागि पहल भैरहेको जानकारी गराउनु भयो । उहांले महासंघले यस बीचमा गरेका प्रयासहरुबाट आफूपनि अत्यन्त खुशी रहेको भन्दै प्रधानमन्त्रीले उद्योग व्यवसाय संचालन गर्न सरकारका तर्फ के कस्तो सहयोग गर्नुपर्दछ, त्यसको तत्काल लिखित सुझाव पेश गर्न महासंघलाई अनुरोध गर्दै निजी क्षेत्रको सुझाव अनुसार सरकारले सुरक्षा सहितको उद्योग व्यवसाय चल्ने वातावरण बनाउने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.