»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नयां संविधान पारित भएकोमा महासंघद्वारा सवै नेपालीमा हार्दिक बधाई नयां संविधानको औपचारिक घोषणाको व्यग्र प्रतिक्षामा (२०७२/५/३१)


नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत संविधान निर्माण गर्ने ६५ वर्षदेखि देख्दै आएको सपना साकार भएकोमा सिंगो निजी क्षेत्र अत्यन्त खुशी भएको छ । सिंगो निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, मुलुकले हासिल गरेको यो ऐतिहासिक सफलताको हार्दिक स्वागत गर्दछ, यो उपलव्धी हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलहरु, नेपाल सरकार, सिंगो संविधानसभा र यस कार्यमा आफ्नो स्थानबाट प्रत्यक्ष एवं परोक्षरुपमा महत्वपूर्ण सहयोग पुरयाउने नेपाली जनता एवं संचारक्षेत्रप्रति हार्दिक धन्यवाद दिन चाहान्छ । महासंघ, सार्वभौम नेपाली जनताका तर्फबाट इतिहासमै पहिलो पटक घोषणा हुन लागेको नयां संविधानको स्वागत गर्दछ ।

नयां संविधानको घोषणा गरि संक्रमणकालिन राजनीतिको प्रसव पीडाबाट मुलुकलाई पार गराई शान्ति र समृद्धिको वाटोतर्फ अग्रसर गराउने कार्यमा देखाइएको तत्तपरताको महासंघ सराहना गर्दछ । ऐतिहासिक जनआन्दोलनबाट मुलुकले हासिल गरेको राजनीतिक सफलतालाई संस्थागत गर्ने कार्यमा नयां संविधान कोशेढुंगा हुने हाम्रो ठहर छ । संक्रमणकालको अन्त्यसंगै मुलुक अव शान्ति, समृद्धि र विकासको मार्गतर्फ लम्कने विश्वास निजी क्षेत्रको छ ।

निजी क्षेत्रका तर्फबाट महासंघले नयां संविधानमा दिएका सुझावहरुलाई आत्मसात गरि बढीभन्दा बढी समावेश गरिएकोमा निजी क्षेत्र अत्यन्त उत्साहित समेत भएको छ । महासंघ सवै राजनीतिक दलहरुको अवको एकशूत्रिय एजेण्डा आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड समेत दिन चाहान्छ । ऐतिहासिक राजनीतिक उपलव्धी पश्चात मुलुकको अगाडीको लक्ष्य आर्थिक समृद्धिनै भएका उदाहरण विश्वका धेरै राष्ट्रहरु भएकाले हाम्रो सन्दर्भमा पनि सरकारले आर्थिक विकासका लागि अवश्यक पर्ने नीति तथा कार्यक्रमहरुलाई निर्धारित समयभित्र पुरा गर्ने संकल्प अघि सार्नुपर्दछ । सन् २०२२ सम्म नेपाललाई विकासशील मुलुकको दांजो (graduation) मा पुरयाउन दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक भएकाले सो अनुरुपको लगानी भित्रयाउने निजी क्षेत्रको तत्तपरतालाई सरकारका सवै कार्यक्रमहरुबाट सहयोग हुन समेत महासंघ आग्रह गर्दछ ।

संविधानसभाबाट संविधान वनाउने क्रममा आफ्ना माग र अधिकारको यथोचित संवोधन नभएको भनि कतिपय राजनीतिक दलहरुले एक महिनाभन्दा अगाडीदेखि शुरु गरेको बन्द, हड्तालको असरले औद्योगिक एवं व्यवसायिक क्षेत्रमा पर्न गएको दूरगामी प्रतिकूल असर समेतलाई गम्भीर रुपमा मनन गरि सवै समस्याहरुको निकास संवाद र सहमतीबाटै हुनुपर्नेमा महासंघले निरन्तर वकालत गर्दै आएको छ । संविधानसभाबाट संविधान आउने सुनिश्चितताले समेत तराईको बन्द हड्ताल रोकिएको छैन । हामी सवै प्रकारको बन्द हड्ताल सधैका लागि बन्द गरि आर्थिक समृद्धिको माध्यमबाट मुलुक अघि बढोस भन्ने चाहान्छौं । त्यसैले आपसी संवाद, वार्ता र छलफलका माध्यमबाट संविधानसभा बाहिर रहेका दलहरुलाई समेत असोज ३ गते अगाडीनै समेटि नयां संविधान भव्य समारोहका बीच घोषणा गर्न राजनीतिक दलहरुलाई सफलता मिलोस भन्ने कामना महासंघ गर्दछ । नयां संविधानमा सवै नेपालीले अपनत्वको अनूभुति गर्न सकुन । मुलुकलाई स्थायित्व दिन र सवै प्रकारका पछौटेपनाबाट माथि उठाई प्रगति र समृद्धिको मार्गमा लैजाने कार्यमा सवै दलहरुलाई सफलता मिलोस भन्ने कामनाका साथ महासंघ सवै नेपालीको सुख, समृद्धिको कामना गर्दछ ।

साथै नयां संविधान प्राप्तिको खुशीयालीमा २०७२ असोज ३ गते, आइतवार, ऐतिहासिक दिन समेत भएकाले सो एकदिन आफ्ना संघ संस्था, उद्योग प्रतिष्ठान, कलकारखानामा सार्वजनिक विदा दिई दीपावली गर्न महासंघ सवै सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विाष्ट्रिय उद्योग वाणिज्य संघहरु र एसोसिएट सदस्यहरुमा हार्दिक आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.