»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको प्रतिनिधिमण्डलद्वारा राष्ट्र बैंकका गर्भनरसंग भेटवार्ता (२०७२/६/१३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघका पदाधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालसंग आज राष्ट्र बैंकमा भेटगरि तराईमा जारी आन्दोलन र त्यसबाट उत्पन्न असहज अवस्थाबाट उद्योग व्यवसायमा परेको गम्भीर असरका विषयमा जानकारी गरायो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, शेखर गोल्छा र महासंघको बैकिङ समितिका सभापति शंकर प्रसाद पाण्डे सहभागी रहनु भएको सो अवसरमा अध्यक्ष मुरारकाले डेढमहिना भन्दा बढी समयदेखिको तराईमा जारी बन्द हड्ताल, चक्काजाम लगायतका कारण यातायात, उद्योग, व्यवसाय, आयात निर्यात, औद्योगिक उत्पादन र शैक्षिक संस्थाहरु समेत ठप्परहंदा मुलुकलाई अर्वौको नोक्सानी भएको बताउनु भयो ।

अध्यक्ष मुरारकाले आन्दोलनबाट उद्योग व्यवसायको कुनै कारोवारनै हुन नसकी उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुले तोकिएको अवधिमा बैंक तथा वित्तिय संस्थाहरुमा वुझाउनु पर्ने किस्ता, व्याज, महशुल, कर रकम विवरण तथा विद्युत महशुल आदि समेत वुझाउन नसकेकाले राष्ट्र बैंकका तर्फबाट उद्योग व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुलाई भुक्तानी गर्नुपर्ने Trust receipt loan, short term loan, demand loan लगायत विभिन्न प्रकारका छोटो तथा लामो अवधिका कर्जाहरुको सावां तथा व्याज वुझाउने समय पेनल व्याज नलाग्ने गरि आगामी पौष मसान्तसम्मको लागि थप गर्न आग्रह समेत गर्नुभयो । साथै अध्यक्ष मुरारकाले लामो अवधिको कर्जाको तीन महिने म्याद (असार-असोज) सम्मको किस्तालाई आगामी पौष मसान्तसम्म थप गर्ने व्यवस्था हुन समेत गर्भनर नेपाल समक्ष अनुरोध गर्नु भयो ।

सो अवसरमा गर्भनर नेपालले मुलुकमा पछिल्लो पटक उत्पन्न असहज परिस्थितिप्रति राष्ट्र बैंक पनि गम्भीर रहेको र उद्योगी व्यवसायीको संवेदनशीलतालाई नजिकबाट अध्ययन गरिरहेको बताउनु हुंदै महासंघले दिएका सुझाव अनुसार उद्यमी व्यवसायीलाई राष्ट्र बैंकले गर्न सक्नेसम्मको सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.