»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको कार्यकारिणी समितिको वैठक बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न (२०७२/९/१२)


नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको ११ औं वैठक महासंघका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा आज महासंघ सचिवालयमा बस्यो । महासंघका पूर्व अध्यक्षहरु आनन्दराज मुल्मी, रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, सुरज वैद्य, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित बैठकले मुलुकको पछिल्लो अवस्थाप्रति गम्भीर समिक्षा गर्दै देहायका निर्णय गरेको छ ।

निर्णयहरु

>> चार महिना भन्दा बढी समयदेखि जारी आन्दोलन तथा नाकाबन्दीबाट मुलुक गम्भीर आर्थिक संकटमा परेको, कालोवजारी मौलाउंदै गएको, सर्वसाधारण जनता अत्यन्त कष्टकर जीवन बाँच्न बाध्य भएका, दैनिक आवश्यकता पुरा गर्न नसक्दा कतिपय ठाउँमा मृत्युका खबरहरु समेत आइरहेकोतर्फ गम्भीर हुन आग्रह गर्दै वार्ता संवादद्वारा जारी आन्दोलन तत्काल अन्त्य गर्न आन्दोलनरत दल, सरकार तथा प्रमुख राजनीतिक दलहरुमा दवाव सृजना गर्ने,

>> कालोवजारी नियन्त्रण गर्ने नाउँमा कानूनसम्मत व्यवसाय गरि बसेका उद्योगी व्यवसायीलाई राज्यद्वारानै हतोत्साहित गर्ने, पक्राउ पूर्जी जारी गर्ने, मनोवल गिराउने जस्ता घटनाहरु भैरहेकोमा महासंघ त्यस्तो कार्यप्रति अत्यन्त चिन्तित छ । यदि कसैले सांच्चिकै गलत काम गरेको रहेछ भने प्रचलित कानूनको नियम र अधिनमा रहेर सम्बन्धित निकायले मात्र त्यसबारेको कानूनी कारवाही निश्चित समयभित्र सम्पादन गर्न सकेमात्र सही व्यवसायी र कानून उल्लंघन गर्ने ब्यवसायी बीच फरक ल्याई दण्ड र पुरस्कारको शिद्धान्तलाई ब्यवहारमा उतार्न सकिन्छ । नियन्त्रित अर्थ ब्यवस्था रहेको तत्कालिन समयमा ल्याइएको कालोवजारी ऐनमा प्रतिस्पर्धी, वजारमुखी र खुला अर्थतन्त्रको परिप्रेक्षमा उक्त ऐनलाई हाल अवलम्बन गरिएको नीति अनुरुप परिमार्जन गर्न आग्रह गर्ने,

>> तराई आन्दोलन तथा नाकावन्दी पछि तराई सहित देशैभरमा संचालित उद्योग व्यवसायलाई इन्धन, ग्याँस, कच्चा पदार्थ लगायतको अभाव हुंदा उद्योग व्यवसाय चौपट भएकाले उद्योग ब्यवसायलाई उच्च प्राथमिकतामा राखेर इन्धन लगायत कच्चा पदार्थको सहज आपूर्ति ब्यवस्था मिलाउन सरकारसंग आग्रह गर्ने,

>> आजैमात्र चितवनको कुरिनटारस्थित अन्नपूर्ण चुनढुंगा उद्योगमा अज्ञात समूहद्वारा त्यहाँरहेका ४ वटा स्क्याभेटर र २ वटा टिपरलाई आगो लगाई पूर्ण क्षति गरिएको घटना छ । हिजै बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाका प्रमुख कार्यकारि अधिकृतको गाडीमाथि अज्ञात समूहबाट आगजनी भएको छ । यी सबै घटनाको घोर भत्सर्ना गर्दै उद्योग व्यवसाय, उद्योगी व्यवसायीको शान्ति सुरक्षाको प्रत्याभुति गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने,

>> २ वटा वस्तुगत संघहरुलाई वस्तुगत संघको सदस्यता र ७ वटा बिभिन्न उद्योग प्रतिष्ठानहरुलाई महासंघको एसोसिएट सदस्यता प्रदान गर्ने ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.