»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ र मिडिया सोसाइटी बीच बैठक आपसी सहकार्यमा जोड


meeting

नेपाल उद्योग बाणिज्य महासङ्घका पदाधिकारी तथा र नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित पदाधिकारी बीच पौष १३ गते काठमाडौंमा वैठक सम्पन्न भयो । सो अवसरमा सोसाइटीका नवनिर्वाचित पदाधिकारीहरुलाई महासंघका अध्यक्ष पशुपति मुरारकाले बधाई सहित शुभकामना दिनु भयो ।

सो अवसरमा देशको पछिल्लो संकटपूर्ण अवस्थामा एक साथ मिलेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरियो । सो अवसरमा मिडिया क्षेत्रले निर्वाह गरिरहेको भूमिका र दायित्वको बारेमा समेत छलफल भएको थियो । देशको पछिल्लो असहज परिस्थितिबाट निकास पाउनका लागि निजी क्षेत्र र मिडिया क्षेत्र सागसागै अगाडि जानुपर्ने धारणा राख्दै महासङ्घका अध्यक्ष मुरारकाले देसको आर्थिक क्षेत्र, सामाजिक, राजनीतिक अवस्था अत्यन्तै धरासायी भएको बताउनु भयो । अध्यक्षले समग्र अर्थतन्त्र धरासायी बन्ने खतरा उत्पन्न भएको अवस्थामा जिम्मेवार नेता तथा निकायहरु भने गैर जिम्मेवार बन्दै गएको गुनासो गर्नुभयो ।

देशको अर्थतन्त्र सोचेभन्दा निकै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको, भ्रष्टाचार, कालोबजारी र दण्डहिनता बढ्दा समेत सरकार नदेखे झैं गरेर बसेको बताउंदै अध्यक्षले भन्नु भयो - अहिलेको अवस्थाको बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा समेत सरकारले कुनै पहल गरेन । उहाँले यस्तो अवस्थामा नेपालको मिडिया क्षेत्र र महासङ्घ बीच एक आपसमा मिलेर कसरी अगाडी बढ्न सकिन्छ त्यसमा ठोस कार्यक्रम आउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा मिडिया सोसाईटिका नवनिर्वाचित अध्यक्ष पुष्करलाल श्रेष्ठले मिडिया पनि एउटा बिशेष उद्योग नै रहेकोले निजी क्षेत्रले भोग्नु परेको सबै समस्या मिडिया क्षेत्रले पनि भोगिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, देशको वर्तमान संकटबाट निजी क्षेत्रमा परेको समस्या र मिडिया क्षेत्रमा परेको समस्या एउटै भएकाले यसको समाधानको बाटो पनि एउटै हुन्छ, तसर्थ समान समस्या समाधानका लागि महासङ्घसाग मिडिया सोसाइटी सहकार्य गरेर अगाडि बढ्न तयार रहेको वताउनु भयो । अध्यक्ष श्रेष्ठले देशको विषम परिस्थितिमा मिडिया क्षेत्र सधैं संवेदनशिल रुपमा प्रस्तुत हुंदै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रममा, मिडिया सोसाइटीका नवनिर्बाचित उपाध्यक्षद्वय राजु कंडेल र उज्ज्वल शर्मा, महासचिव शुभ शंकर कंडेल, सचिव मदन लम्साल, कोषाध्यक्ष शिशिर भट्ट र महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, शेखर गोल्छा, पूर्ब अध्यक्षहरु रबिभक्त श्रेष्ठ, चण्डिराज ढकाल लगायतले महासङ्घ र मिडिया सोसाइटीले सहकार्य गर्नसक्ने बिषयहरु बारे आ-आफ्ना धारणा राख्नुभएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.