नेपाल उद्योग वाणिज्य महासंघद्वारा पूर्व अर्थमन्त्री डा. रामशरण महतको सम्मानमा आज काठमाडौंमा एक स्वागत कार्यक्रमको आयोजना गऱ्यो । महासंघले डा. महत विश्व प्रशिद्ध वेलायती म्यागेजिन द बैंकरद्वारा ASIA-PACIFIC and GLOBAL FINANCE MINISTER OF THE YEAR 2016 बाट विभुषित हुनु भएकोमा सो सम्मान गरेको हो ।
समारोहमा महासंघका अध्यक्ष पशुपति मुरारकाले डा. महतलाई सम्मानपत्रबाट सम्मानित गर्नुभयो ।
सम्मानित व्यक्तित्व एवं पूर्व अर्थमन्त्री डा. महतले समारोहलाई संवोधन गर्दै व्यक्त गर्नु भएका विचारहरुको मुख्य वुंदाहरु:
-- सन् १९९० पछि सरकारले अवलम्बन गरेको आर्थिक नीतिकै कारण आजको गम्भीर अवस्थामा पनि अर्थतन्त्र टिकेको छ ।
-- उक्त नीतिकै कारण मुलुकभित्र उद्योग व्यवसाय विस्तार, वहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा भित्रियो ।
-- करिव १३ अरवको सरकारको राजस्व करिव ५ खर्वमा पुगी उल्लेख्य वृद्धि भयो । जसका कारण सरकारको खर्च गर्ने क्षमतामा उल्लेख्य वृद्धि भयो । नीजि क्षेत्रले यथेष्ठ मात्रामा फस्टाउने मौका पाए ।
-- महाविनासकारी भुकम्प, लामो नाकावन्दीका वावजुद पनि Macro Economic Stability कायम रहीरहनु आर्थिक उदारीकरणकै परिणाम हो ।
-- निरपेक्ष गरिवी घटेको छ, साक्षरता दर बढेको, मानिसको औषत आयू बढेको,
-- यी उपलव्धीलाई सकारात्मकरुपमा लिइनु पर्दछ ।
-- सरकार स्थिर र वलियो हुनुपर्दछ । सुशासनको अनुभुति गराइनु पर्दछ ।
-- विकासमा अति राजनीतिकरणको अन्त्य हुनुपर्दछ ।
-- जनताको जीवनस्तर उठाउने कार्यमा कसैले पनि अवरोध कायम गरिनु हुंदैन ।
धन्यवाद मन्तव्य, भवानी राणा, वरिष्ठ उपाध्यक्ष:
अन्तराष्टिय सम्मानबाट डा महतमा अझ बढी जिम्मेवारी थपिको छ । मुलुकको आर्थिक विकासमा उहांले गर्नु भएको योगदानको निजी क्षेत्र प्रशंसा गर्दछ । आर्थिक विकासका लागि डा. महतका योजना तथा नीतिहरुको सफल कार्यान्वयनमा निजी क्षेत्रले सधै साथ दिनेछ ।
कार्यक्रममा महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति थियो ।