»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















६४ औं अन्तर्राष्ट्रिय भंसार दिवसका अवसरमा भंसार सुधार तथा आधुनिकीकरणमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया (२०७२/१०/१२)


Celebration

६४ औं अन्तर्राष्ट्रिय भंसार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा माघ ११ गते काठमाडौंमा भंसार सुधार तथा आधुनिकीकरणमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

अर्थराज्य मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महासंघद्वारा भंसार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमलाई संवोधन गर्नुहुंदै अर्थराज्य मन्त्री दामोदर भण्डारीले भंसार प्रशासनमा अझै पनि निकै धेरै सुधारको गुन्जायस रहेको वताउनुहुंदै निजी क्षेत्रले उठाएका विषयलाई सरकारले गम्भीर रुपमा लिई समाधानमा लागिपरेको वताउनु भयो । भंसार सुधारको सरकारको अभियानमा निजी क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास राज्मन्त्री भण्डारीले व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थमन्त्रालयका सचिव राजन खनालले पनि धारणा राख्नु भएको थियो ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले भंसार प्रशासनमा हालका दिनहरुमा गरिएका सुधारका कार्यहरु कानुनी सुधार, प्रक्रियागत सुधार तथा कार्यान्वयनको चरणमा रहेका एकद्वार प्रणाली, पेपरलेस कस्टम, आसिकुडा वल्र्ड, आई कोड, सीआरएमएसपी जस्ता सुधारका कारण भंसार प्रशासन सांच्चैनै अन्तराष्टियस्तरको हुने तथा भंसार प्रशासनमा एकरुपता आउने अपेक्षा महासंघको रहेको वताउनु भयो ।

सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै विभागका महानिर्देशक ढुंगानाले नेपालको भंसार प्रशासनले विभिन्न भंसार विन्दुहरुमा भंसार महशुल, मुअकर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्ने र यसले कूल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्ने वताउनु भयो । आन्तरिक राजस्व परिचालनमा भंसार प्रशासनको अग्रस्थान रहेको वताउनु हुंदै महानिर्देशक ढुंगानाले राष्ट्रिय आवश्यकता र उदार अर्थव्यवस्था अनुरुप प्रशासनलाई दक्ष, पारदर्शी र सेवामुखी वनाउन विभाग प्रतिवद्ध रहेको बताउनु भयो ।

महानिर्देशक ढुंगानाले मुख्य भंसार नाका विराटनगर, मेची, भैरहवा, नेपालगंज, कंचनपुरमा यात्रुको चाप धेरै भएकाले जांचपास सरल वनाउन यात्रु स्क्यानिद्व मेसिन ल्याएर संचालन गर्न लागेको र अरु दुई भंसार नाकामा कन्टेनर स्क्यानिङ व्यवस्था समेत गर्न लागेको जानकारी गराउनु भयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, शेखर गोल्छाको समेत सहभागिता रहेको कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति शौरभ ज्योतिले भंसार प्रशासनले खेलेको भूमिकाको कारण निजी क्षेत्र थप जिम्मेवार वनेको र भंसार प्रशासन थप व्यवसाय मैत्री वन्न पुगेको वताउनु भयो ।

त्यसअघि स्वागत मन्तव्य दिनुहुंदै महासंघको कर तथा राजस्व समितिका सहसभापति अंजन श्रेष्ठले भंसार प्रशासनमा विगतका वर्षहरुमा धेरै सुधार भएको र ५ वर्ष पहिलेको भंसार प्रशासन र हालको भंसारमा निकै सुधार आएको धारणा राख्नु भयो । भंसार प्रशासनको मनोवृत्ति राजस्व संकलनबाट व्यापार सहजीकरणको दिशामा आएको वताउनु भयो । सहसभापति श्रेष्ठले हालका दिनमा भंसार प्रशासन प्रोएक्टिभ ढंगले काम गरेको महशुस निजी क्षेत्रले गरेको पनि वताउनु भयो ।

महासंघले भंसार प्रशासनसंग नजिकमा रहेर कार्य गरिरहेको र भंसार सम्बन्धी कानून सुधार प्रक्रिया छिटो हुनुपर्नेमा जोड दिनुहुंदै यसले वैध व्यापारको लागत घट्न गई अवैध व्यापार निरुत्साहित हुने तथा मुलुकको राजस्व बढ्न जाने एवं स्मष्टिगत अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो ।

Celebration

सो अवसरमा भएको छलफलमा भुकम्प र नाकावन्दीका समयमा भंसार प्रशासनबाट निजी क्षेत्रले सहयोग पाएको, सरकार र निजी क्षेत्र एक आपसमा पक्ष प्रतिपक्षको व्यवहार भन्दा पनि आपसी सहकार्यमा काम गर्नुपर्ने लगायतका सुझावहरु सो अवसरमा दिइएको थियो ।

For more photos please click here

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.