»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल पूर्वाधार विकास कम्पनीमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण (२०७२/१०/२२)


नेपाल पूर्वाधार विकास कम्पनीको कर्पोरेट अफिसको दैनिक कार्य संचालनमा वाधा व्यवधान पुर्‍याउने, कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने, जवरजस्ती कार्यालय बन्द गराउने तथा यसका संचालक समितिका अध्यक्षलाई समेत जवरजस्ती राजीनामा दिन बाध्य पार्न उहांको घरपरिवारका सदस्यमाथि दवाव दिने जस्ता घटनाका सम्बन्धमा यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यहरु अराजक गतिविधि वाहेक अरु केही होइनन भन्ने महासंघको वुझाई छ ।

सार्वजनिक निजी साझेदारीको मोडलमा पहिलो पटक निजी क्षेत्रले काठमाडौं-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने भनि अगाडी बढाएको यो प्रोजेक्ट मुलुककै लागि नमूना परियोजना हो । मुलुकभित्र लामो राजनीतिक अस्थिरता, नीतिगत निर्णयमा भएका ढिलाई लगायतका कारणबाट निर्धारित समयमा परियोजना सुरु हुन नसकेकोमा यस महासंघ पनि दु:खी छ तर परियोजनालाई अगाडी बढाउने कार्यमा कहिकतैबाट रोकावट हुनुहुदैन भन्नेमा महासंघको जोड छ । मुलुकभित्र हरेक कुरामा अतिराजनीतिका कारण त्यसको प्रत्यक्ष शिकार यो कम्पनी समेत हुन पुगेको छ ।

आफूलाई चित्त नवुझेका कुराहरु वैधानिक विधिबाट पारित गराउने कम्पनीका विधिसम्मत प्रक्रिया हुंदाहुंदै कम्पनीका संचालक तथा यसमा कार्यरत कर्मचारीहरु माथि हुलहुज्जत गर्ने, जवरजस्ती कार्यालय बन्द गराउने, अराजकस्थितिको सृजना गर्ने कार्य कुनै पनि हालतमा न्याय संगत हुंदैन र यसले नेपाल भित्र "सुरक्षाको तथा लगानीको वातावरण छैन र अशल सुशासनको अभाव छ" भन्ने नकारात्मक संदेश जानेतर्फ निजी क्षेत्र चिन्तत छ भने यस्ता गतिविधिबाट लगानीको वातावरण थप विग्रेर जाने निश्चित छ ।

अत: पूर्वाधार विकासमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न, लगानीको सुरक्षाको प्रत्याभुति दिलाउन तथा अराजक गतिविधिहरुलाई निस्तेज गर्न जोडदार माग गर्दै कम्पनीको भौतिक सम्पत्ति तथा कर्मचारीहरुको सुरक्षा सहित कम्पनीलाई पूर्ववत रुपमानै निर्वाध संचालनको वातावरण बनाउन महासंघ नेपाल सरकार, सम्बन्धित निकाय समक्ष गम्भिरतापूर्वक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.