नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी चैत्र ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ (Nepal International Trade Fair 2016) को तयारी अन्तिम चरणमा पुगेको छ । मेलाको एक भव्य समारोहका बीच चैत्र ४ गते भृकुटीमण्डपमा समुद्घाटन गरिने कार्यक्रम छ ।
नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो पांचौ संस्करण हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग एवं महासंघको पहलमा महासंघका सदस्य उद्योग वाणिज्य संघहरुको आयोजनामा देशका विभिन्न भागहरुमा जिल्ला तथा क्षेत्रीय मेला महोत्सवहरु आयोजना हुंदै आएको छन् । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन् ।
३०० सय भन्दा बढी स्टल मार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । यस वर्ष मेलामा मेलामा भारत र चीन लगायत वंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवान लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् । मेलामा China Exhibition and Forum Private Limited र Indian Chambers of Commerce को नेतृत्वमा मित्रराष्ट्र भारत र चीनबाट क्रमश: ७० र ९० वटा स्टलहरु रहने छन् ।
करिव ३ करोड जनता वसोवास गर्ने सिंगो नेपालनै प्रमुख वजार हुन सक्ने प्रसस्त संभावना रहेकाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक क्षेत्रमा नविनतम सोंच, विचार, उत्पादन, सेवाहरु तथा प्रविधिको प्रवद्र्धन गर्ने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम बनिरहेकोछ । एकै छानामुनीबाट स्वदेशी विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयां सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हो । यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तराष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा शीप आदान प्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी भहजष्दष्तयचक बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण exhibitors को रुपमा विकास गरिरहेको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहने छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहने छन्् ।
त्यसैगरि अन्तर्राष्ट्रिय व्यापार मेलामा जडीवूटी र नेपाल व्यापार रणनीति अन्तरगत रहेका वस्तु तथा सेवा (एनटीआइएस)हरुको प्रदर्शनी हुनेछ जसमा विभिन्न ७० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । मेलामा एनटीआइएसको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । मेलाको अवलोकनका लागि चीनको सिचुवानबाट २० सदस्यीय चिनिया उद्यमी व्यवसायी प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ ।
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीवारे छलफल हुनेछ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ । महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव २० देखि ३० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारीमा छन् ।
महासंघले सफलतापूर्वक सम्पन्न गरेका यस अघिका मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनीहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको समेत उल्लेख्य सहभागिता थियो । गत वर्षको अन्तराष्ट्रिय मेलामा स्वदेशी २ सय ३० र विदेशी १०३ प्रदर्शनीकर्ताहरुले भाग लिएका र करिव २ लाखले मेलाको अवलोकन गरेको आधारमा यस वर्ष मेला अवलोकन गर्नेहरु थप बढ्ने हामीले विश्वास लिएका छौं । मेलाको अफिसिएल कार्गोमा गणेश एयर कार्गो, अफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स रहेका छन् ।