»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०७२ः पचास हजारबाट अवलोकन, एनटीआईएस र जडीवूटीका स्टलहरुविशेष आकर्षण (मिति २०७२/१२/६)


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ (Nepal International Trade Fair-2016) को आज तेस्रो दिन करिव पचास हजारले अवलोकन गरेका छन् । नेपाली स्टलहरुमा रहेका एनटीआईएस, एकगाउं एक उत्पादन, जडीवूटीका स्टलहरुमा अवलोकन गर्नेहरुको अत्याधिक भिड रह्यो । त्यसैगरि चिनिया, भारतीय तथा पाकिस्तानी स्टलहरुमा पनि त्यतिकै भीड थियो ।

NITF 2016

सम्माननीय राष्ट्रपतिज्यूबाट चैत्र ४ गते समुद्घाटन सुसम्पन्न भएको मेला अव दुई दिनसम्म चल्ने छ । मेलाको सरकारी विशिष्ट अधिकारीहरु, महासंघका पदाधिकारीहरुले अवलोकन गर्नु भयो । मेलामा चिनियां मेशिनरी स्टलहरुमा नेपाली अवलोकनकर्ताहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । विशेषगरि कुटानी पिसानी मेशिनहरु अवलोकन, व्यवसायिक सम्बन्ध विस्तारमा नेपाली व्यवसायीहरुको चासो थियो ।

चाइनिज स्टलहरुमा वस्तुभन्दा पनि व्यवसायिक सम्बन्ध स्थापनामा विशेष जोड दिइयो । चिनिया व्यवसायीहरु अआफ्ना कम्पनीका तर्फबाट नेपालमा डिलर खोज्नमा नै व्यस्त रहेको पाइयो । भने कतिपय भारतीय कम्पनीहरुले पनि नेपालमा आफ्ना उत्पादनका लागि डिलर खोजीरहेको पाइयो ।

NITF 2016

मेलामा अवलोकन गर्न आउनेहरुका अधिकांशको भनाईमा नेपाली उत्पादनहरु विशेष गरि एक गाउं एक उत्पादनका वस्तुहरु गुणस्तरीय रहेको पाइयो । अवलोकनकर्ताहरु नेपाली जडीबूटीबाट तयार भएका वस्तुहरुको खरिद विक्री पनि निकै उत्साहित रहेको पाइयो ।

अव वांकी दुई दिनमा पनि मेला अवलोकन गर्न आउनेहरुको संख्या उल्लेख्य हुने महासंघको विश्वास रहेको छ । मेलाको प्रचार प्रसारका लागि संचार माध्यमहरुबाट पाएको सहयोगप्रति महासंघ अत्यन्त उत्साहित भएको छ ।

प्रत्यक्ष वस्तुखरिद विक्रीभन्दा पनि मेला आफ्नो उद्देश्य अनुरुप व्यवसायिक सम्बन्ध स्थापनामा निकै सफलता नजिक रहेको महासंघका अध्यक्ष पशुपति मुरारका वताउनु हुन्छ । अत्यन्त कमजोर पूर्वाधारमा पनि महासंघले आयोजना गरेको यो मेलाले पाउंदै गएको उचाई निकै संतोष जनक रहेको भनाई उहांको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा आर्थिक क्रान्ति अगाडी बढाउन सरकारले यस्ता मेलाको आयोजनामा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने, साथै वलियो पूर्वाधार तयार गरिदिनुपर्ने सुझाव दिनुहुन्छ ।

महासंघका उपाध्यक्ष किशोर प्रधान मेलाले नेपाली उत्पादनको गुणस्तर सुधार तथा वाह्य प्रविधि भित्रयाउन कामयावी हुने विश्वास व्यक्त गर्नु हुन्छ ।

महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठ नेपाली जनताको आर्थिक जीवनस्तर सुधार गर्न, आर्थिक क्रियाकलाप बढाउन तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न मेला महोत्सवको आयोजनालाई विशेष रणनीतिका साथ अगाडी बढाउनुपर्ने सुझाव दिनु हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना भएको हो । यो पांचौ संस्करण हो । मेलाको सहआयोजकमा महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ रहेका छन् ।

NITF 2016

मेलामा स्वदेशी एवं विदेशी गरि ३५० वटा स्टलहरु रहने छन् । मेलामा आयोजक राष्ट्र नेपाल सहित भारत, चीन, पाकिस्तान, वंगलादेशको प्रत्यक्ष सहभागिता रहनेको छ । मेलामा भारतबाट ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टलहरु र वांकी नेपाली स्टलहरु रहेका छन् ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहेका छन् ।

मेलाको अफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, अफिसियल आइएसपी प्रोभाइडरमा मर्कटायल प्रा.लि., मेलाका सहयोगीहरुमा आइसीसी, China Exhibition and Forum Private Limited,, अर्घाखांची सिमेन्ट,प्रान रहेका छन् भने इभेन्ट म्यानेजमेन्टमा राइजइभेन्ट रहेको छ ।

मेलामा जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने कार्यक्रम छ । मेलामा China Exhibition and Forum Private Limitedर Indian Chambers of Commerceले आआफ्नो देशको नेतृत्व गर्नेछन् । मेलाको अवलोकनका लागि चीनको सिचुवानबाट २० सदस्यीय चिनिया उद्यमी व्यवसायी प्रतिनिधिमण्डल नेपाल आएको छ ।

महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी exhibitors बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण event को रुपमा विकास गरिरहेको छ ।

थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.