प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत्र ७ गतेदेखि भैरहेको मित्रराष्ट्र चीनको साताव्यापी औपचारिक भ्रमणमा महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि सहभागी भएको छ । महासंघको प्रनिधिमिण्डलका अन्य सदस्यहरुमा नेपाल चीन गैर सरकारी सहयोगका मंचका संयोजक एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष कुशकुमार जोशी, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष एव महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, महासंघको कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, ज्ञानेन्द्र लाल प्रधान, ज्योत्सना श्रेष्ठ सहित हुनुहुन्छ ।
आज अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद (China Council for the Promotion of International Trade-CCPIT) द्वारा, चीनको राजधानी वेइजिङमा आयोजित बैठकमा सम्माननीय प्रधानमन्त्रीका साथ महासंघका अध्यक्ष सहितको प्रतिनिधिमण्डल पनि सहभागी रह्यो ।
सम्माननीय प्रधानमन्त्री प्रमुख अतिथि रहनु भएको उक्त बैठकलाई महासंघका अध्यक्ष एवं महासंघको प्रतिनिधिमण्डलका नेता मुरारकाले समेत संवोधन गर्नुभयो ।
मन्त्रीहरु, राजदुतहरु, दुवै देशका उच्च पदस्थ सरकारी अतिविशिष्ट व्यक्तिहरु, भ्रमणदलका सदस्यहरु, सीसीपीआइटीका अधिकारीहरु, नेपाली व्यवसायीक नेताहरु, चिनियां उद्यमी व्यवसायीहरुको वक्लो उपस्थिति रहेको उक्त बैठकलाई संवोधन गर्नुहुंदै अध्यक्ष मुरारकाले गत अप्रिलमा गएको विनासकारी भुकम्पको पिडाबाट छटपटाई रहेका नेपाली जनतालाई मित्र राष्ट्र चीन सरकार तथा त्यहांका जनताबाट पाएको मानवीय सहयोग एवं एकताका लागि नेपाली निजी क्षेत्रका तर्फबाट हार्दिक धन्यवाद दिनु भयो ।
संवोधनका क्रममा अध्यक्ष मुरारकाले भन्नु भयो - चीन सरकारले अगाडी सारेको एक क्षेत्र एक सडक ९इलभ द्यभति इलभ च्यबम० परिकल्पनामा नेपाल एक हिस्सा हुन पाएकोमा दुई देश बीचको ऐतिहासिक दौत्य सम्बन्ध तथा आर्थिक सम्बन्धले थप उचाई लिनेमा म पूर्णरुपमा विश्वस्त छु । साथै शील्करोड इकोनोमिक वेल्टको प्रवद्र्धनबाट हाम्रा आपसी व्यवसायिक सम्बन्ध अझ बढी परिणाममुखी हुने हाम्रो विश्वास छ ।
यसबाट सांच्चिकै नेपाल, चीन तथा दक्षिण एशियाकै व्यवसायिक पारवहन विन्दूको रुपमा रुपान्तरण हुने विश्वास व्यक्त गर्नुहुंदै अध्यक्षले नेपाल र चीन बीच विशेष आर्थिक मार्गको शुभारम्भ तथा त्यसको आधुनिकीकरणबाट दुवै देशका जनताका साथै समग्रमा यो क्षेत्रनै लाभान्वित हुने बताउनु भयो ।
आफ्नो मन्तव्यका क्रममा उहांले भन्नु भयो - मित्रराष्ट्र चीन नेपालको प्रमुख व्यापारिक साझेदार पनि हो । तर नेपालको चीनसंगको व्यापार घाटा निकै उच्च रहेको कुरामा हामी सवै जानकार छौं । आर्थिक वर्ष सन् २०१४-१५ को व्यापार घाटा करिव ९९० मिलियन अमेरिकी डलर रहेको थियो । उक्त आर्थिक वर्षमा नेपालले चीन तर्फ करिव २३.७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु निर्यात गरेको थियो भने चीनबाट करिव १०१३.७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु आयात गरेको थियो ।
मित्र राष्ट्र चीन सरकारले करिव ८ हजार नेपाली उत्पादनहरुलाई दिएको शुन्य भंसार महशुलको सुविधाप्रति चिनिया सरकारमा आभार प्रकट गर्नुहुंदै अध्यक्षले चीन सरकारले उपलव्ध गराएको यस सुविधाबाट नेपाली उत्पादनहरुको चीनमा निर्यात प्रवद्र्धन तथा व्यापार अभिवृद्धिमा भरपुर उपयोग गरी व्यापार घाटा कम गर्ने महत्वपूर्ण औजार बन्नु पर्ने धारणा राख्नु भयो । बढ्दो व्यापार घाटा कम गर्न तथा नेपाली वस्तुहरुको चीनमा निर्यात बढाउनका लागि हामी चिनियां लगानीकर्ताहरुलाई नेपालमा वस्तु तथा सेवा उत्पादन गरि त्यसलाई चीन तथा दक्षिण एशियाको वजारमा निर्यात गर्न आव्हान गर्नुहुंदै अध्यक्षले यति वेला नेपाल आर्थिक रुपमा अत्यन्त कमजोर रहेको र नीतिगत रुपमा वाह्य लगानीका लागि अत्यन्त सहज वातावरण भएकाले नेपालमा लगानी गरि नेपालको आर्थिक विकासमा सहयोग गर्न चिनिया निजी क्षेत्रलाई विशेष आग्रह समेत गर्नुभयो ।
अध्यक्ष मुरारकाले दिनु भएको संवोधनको अग्रेजी एवं नेपाली भाषणको पूर्णपाठ यसैसाथ संलग्न छ ।
चीनमा रहंदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रममा सरिक हुनुको साथै केही व्यवसायिक भेटघाटमा समेत सहभागी हुनेछ । प्रधानमन्त्रीको साथमा निजी क्षेत्रको समेत सहभागिताबाट नेपालमा चिनियां आर्थिक एवं व्यवसायिक सम्बन्ध तथा थप संयुक्त लगानी विस्तारमा समेत सहयोग पुग्ने विश्वास महासंघको रहेको छ ।
नेउवामहासंघका अध्यक्षबाट दिनु भएको नेपाली भाषण
नेउवामहासंघका अध्यक्षबाट दिनु भएको अंग्रेजी भाषण