»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बैंक ऋण सम्बन्धमा नेपाल राष्ट्र बैंकद्वारा प्रस्तुत विवरण प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण


मितिः २०६३/५/१

प्रतिनिधि सभा, आर्थिक समितिको हालै सम्पन्न वैठकमा नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बैंकको ऋण भुक्तानीको विषयलाई लिएर नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको ऋणी/समूह र ती समूहले बैंकहरुलाई बुझाउनु पर्ने रकम बारे विभिन्न संचार माध्यमबाट प्रकाशित विवरण प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

परिस्थितिबस ऋण तिर्न नसक्ने र नियतबस ऋण नतिर्ने ऋणीहरुको सम्बन्धमा स्पष्ट रेखाङ्कन सहित परिस्थितिबस ऋण तिर्न नसकेका ऋणीहरुको हकमा विशेष व्यवस्था हुनु पर्ने माग महासंघबाट बारम्बार हुंदै आएको हो । नेपाल सरकारको चालु आर्थिक वर्षो वजेट वक्तव्यमा बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिई ऋण नतिर्ने र समस्याग्रस्त ऋणीहरुलाई ऋणको पुनर्तालिकीकरण गर्न २०६३ भदौ मसान्तसम्मको थप अवधि प्रदान गरिने स्पष्ट उल्लेख भएको र अरु अवधि थप गर्ने अवस्था भएकै बेला सो विवरण प्रकाशित गरि ऋणीहरु माथि कारवाहीको माग गर्नु युक्तिसंगत देखिदैन ।

नेपाल राष्ट्र बैंकको श्रोत उल्लेख गरि प्रकाशित उक्त विवरणमा समावेश भएका ऋणी/समूह बारे सरर्सर्ति हेर्दा एकातिर कतिपय ऋणी/समूहको व्यवसायिक अस्तित्व नै नभएको देखिन्छ भन्ने अर्कोतिर कतिपयले नियमित रुपमा ऋण भुक्तानी गरिरहेको समेत देखिन्छ । यसरी परिस्थितिबस ऋण भुक्तानी गर्न नसक्ने र नियतबस ऋण नतिर्ने समेतलाई एकै वर्गमा राखी विवरण प्रकाशित गरिएबाट परिस्थितिबस ऋण तिर्न नसक्नेहरुको चरित्र हत्या हुनुको साथै जनमानसमा भ्रम श्रृजना भएको महासंघले ठानेको छ । अतः यस सम्बन्धी यथार्थ वस्तुस्थितिको अध्ययन गर्न स्वतन्त्र व्यवसायीहरुको एक कार्यदल गठन गरि वास्तविकता अध्ययन गरि यथार्थ वस्तुस्थिति प्रकासमा ल्याउने व्यवस्था महासंघले मिलाएको छ ।

देशको समग्र आर्थिक स्थिति ह्रासोन्मुख भएको र्सवविदितै छ । औद्योगिक अशान्ति र लामो द्वन्दको कारण उद्योग व्यवसाय धरासायी भएको वास्तविक यथार्थतालाई विशलेषण नै नगरि नेपाल राष्ट्र बैंक जस्तो देशको केन्द्रीय बैंकको प्रमुखबाट भ्रमपूर्ण र तथ्यहिन विवरण सम्प्रेषण गरिनुले देशको आर्थिक सुधार नभई आर्थिक अनिश्चितता श्रृजना गर्ने र यस प्रकारको रबैयाले बैंकिङ्ग क्षेत्र मात्र होइन सरकारलाई समेत थप घाटा हुने देखिन्छ ।

बैंकहरुको ऋण भुक्तानीको समस्या एवं विषय प्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्तित छ । यो सम्वेदनशील विषयमा सरकारसंग छलफल गरी समाधान तथा सहयोग गर्न महासंघ तयार रहेको समेत स्पष्ट गर्न चाहन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.