»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पेट्रोलियम पदार्थको अभाव प्रति नेउवामहासंघ गम्भीर


मितिः २०६३/५/२

देशमा आम जनताको दैनिक उपभोग, समग्र यातायात एवं ढुवानी र उद्योग व्यवसाय सञ्चालनका लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपले अत्यावश्यक बस्तु पेट्रोलियम पदार्थको अभाव भएको एक साता भन्दा बढी समय विति सक्दा पनि आपूर्ति व्यवस्था सामान्य नभएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।

आम जनताको दैनिक जीवन निर्वाहदेखि लिएर सम्पूर्ण आवागमन तथा उद्योग व्यवसायको कच्चा पदार्थ आपूर्ति, सञ्चालन, उत्पादन एवं बिक्री वितरण समेत पेट्रोलियम पदार्थको अभावका कारण प्रभावित हुंदै गएको छ ।

यस्तो अवस्था अझै लम्बिदै गएको खण्डमा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर हुनुको साथै अनेकन संकटबाट गुज्रिरहेको यातायात एवं उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने हुंदा पर्याप्त र सरल ढंगले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था शीघ्र मिलाउन महासंघ नेपाल सरकार एवं सम्बन्धित निकायसंग जोडदार आग्रह गर्दछ

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.