»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा द्रुतगतिको हाइवे निर्माण गर्ने सम्बन्धमा मस्को स्टेट टेक्निकल युनिभर्सिटीका प्राध्यापकसंग छलफल


मितिः २०६३/५/२

नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्लद्वारा हालै सम्पन्न रुस भ्रमणका क्रममा नेपालमा द्रुतगतिको हाइवे निर्माण गर्न विकास गर्ने सम्बन्धमा मस्को स्थित मस्को स्टेट टेक्निकल युनिभर्सिटी (MADI) मा प्रस्तुत कार्यपत्र प्रति चासो देखाउंदै सो बारे जानकारी संकलन गर्न मकवानपुर आउनु भएका उक्त विश्वविद्यालयका प्राध्यापक डा. शिवजी यादव तथा सो संघ बीच हिजो मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडामा विशेष छलफल भयो ।

महासंघका द्वितीय उपाध्यक्ष जोशी र रुसका लागि पूर्व नेपाली राजदुत हिरण्यलाल श्रेष्ठ समेतको सहभागितामा सम्पन्न सो बैठकमा डा. यादवले मादीमा प्रस्तुत कार्यपत्र प्रति रुसीहरु अति प्रभावित भएको हु“दा यस क्षेत्रको मात्र नभएर नेपाल र दक्षिण एशियाको लागि समेत महत्वपर्ूण्ा हुने दु्रतगतिको मार्ग निर्माण गर्न मादीका रेक्टरको सभापतित्वमा Infrastructure Development Study for Nepal Committee गठन गरिसकेको र मकवानपुर उद्योग वाणिज्य संघको आमन्त्रणलाई स्वीकार गरि सो मार्ग अध्ययनको लागि मादीको उच्चस्तरीय प्रतिनिधिमण्डल सन् २००६ नोभेम्वरमा नेपाल आउने भएकोे कुरा वैठकलाई जानकारी गराउनु भयो ।

सो सर्न्दर्भमा भएको छलफल पश्चात उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाउन बैठकले निम्नानुसार व्यवस्था गर्ने गरि प्रतिवद्धता समेत जाहेर गर्‍यो ।

१) वि.सं. २०४८ सालमा गठित हेटौंडा-काठमाडौं सुरुङ मार्ग निर्माण सरोकार समितिलाई यथावतनै राखी बैठकले सो प्रतिवद्धता अनुसार कार्य अगाडि बढाउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष दीपकप्रसाद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय "द्रुतगतिको मार्ग निर्माण कार्य सम्पादन समिति" गठन गर्‍यो । साथै समितिले निम्न कार्यहरु सम्पादनको लागि आवश्यक रकम संकलन गरि व्यवस्था गर्दै जाने,
२) एशियन हाइवे निर्माण गर्ने सम्बन्धी वीरगञ्जदेखि काठमाडौंसम्मको लागि संघले सक्रिय पहल गर्ने र काठमाडौं-कोदारीसम्मको लागि नेपाल उद्योग वाणिज्य महासंघले सक्रिय पहल गर्ने सहमति भयो भने उक्त हाइवे निर्माणको साथसाथै विद्युतीय रेलमार्ग र रोप वे -रज्जुमार्ग) को निर्माणको लागि पनि पहल गर्ने,
३) दुइ मुलुकबीच सौर्हाद्र सम्बन्धको विकास गरि द्रुतमार्ग निर्माण कार्य सम्पादन गर्न गराउन रुसी भाषामा दखल भएको सम्बन्धित एक जनार् इन्जिनियर विज्ञापनद्वारा तत्काल फोकल अफिसरको रुपमा नियुक्त गर्ने,
४) द्रुतगतिको मार्ग निर्माण गर्न आवश्यक विस्तृत परियोजना प्रतिवेदन (Detail Project Report) तयार गरि दिन मादीलाई अनुरोध गर्ने,
५) नेपाल र रसियाको दौत्य सम्बन्ध कायम भएको वर्षांठको सुखद अवसरमा दुइ देशको मैत्रीपूर्ण सम्बन्ध विकासको लागि नेपालका लागि रुसी राजदूत आन्द्रे लियोनिडोभिच ट्रोफिनोभलाई आगामी सेप्टेम्वर महिनामा संघमा आमन्त्रण गरि भैरहेका बस्तुस्थिति बारे अन्तरक्रियामा सहभागी हुन हार्दिक अनुरोध गर्ने,
६) त्यस्तै इभानोभा उवासंघका पदाधिकारीहरुलाई पनि संघमा आमन्त्रण गरी संयुक्त लगानी गर्न सकिने संभाव्य उद्योग व्यवसाय बारे अन्तरक्रिया र ट्रेड फेयर गर्ने गरी दुइ मुलुक बीचको व्यवसायिक पर््रवर्द्धन गर्ने ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.