»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरुको उत्पादन प्रवर्द्धनमा व्यापकता ल्याउनु आवश्यक


मितिः २०६३/५/५

नेपाली महिला उद्यमीहरुको शीप, जांगर र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गरि महिलालाई आत्मनिर्भर गराउनुको साथै रोजगारी प्रवर्द्धन र उद्योग व्यवसायको विकासमा सहयोग पुर्‍याउन राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा हुने व्यापार मेला तथा प्रदर्शनीमा सहभागिता गर्राई महिलाद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धनको लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास फोरम र पोखरा उद्योग वाणिज्य संघबाट एच.डब्लू.के. माइन्ज जर्मनी (HWK Marinz Germany) को सहयोगमा काठमाडौं लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुको अध्ययन/अवलोकन भ्रमणमा आएको १३ सदस्यीय महिला उद्यमीहरुको प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालयमा आयोजित अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो ।

महिला उद्यमीहरुले उचित अवसर पाएमा आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुंदा उनीहरुलाई उचित अवसर तथा प्रवर्द्धनात्मक कार्यक्रमहरुको आयोजना गरेर ज्ञान, शीप, अनुभव र दक्षता अभिवृद्धि गर्राई व्यवसायिक प्रतिस्पर्धामा सामेल गराउन अति नै आवश्यक भएको औल्याउंदै अध्ययन अवलोकन भ्रमणले ती अवसरहरु प्रदान गर्ने अपेक्षा पनि उक्त अन्तरक्रियामा गरिएको थियो ।

उद्योग वाणिज्य संघहरुले महिला उद्यमशिलता विकासका लागि गरेका प्रयासहरु तथा महिला उद्यमीहरुले अपनाएका उद्यम व्यवसाय सम्बन्धी जानकारीको आदान प्रदान, नयां व्यवसायको स्थापना, संचालन र व्यवस्थापन, अनुभवको आदान प्रदान तथा व्यवसाय प्रवर्द्धन र विकासका लागि महिला उद्यमीहरु बीच संजाल निर्माण, अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता, तालिमको आवश्यकता आदि सम्बन्धमा व्यापक छलफल भएको उक्त कार्यक्रममा महासंघको महिला उद्यमी फोरमद्वारा लण्डनमा आयोजित नेपाली हस्तकला र नेपाली मसला तथा कृषि उत्पादन सम्बन्धी प्रदर्शनी सम्बन्धमा प्रस्तुतिकरण समेत गरिएको थियो ।

सो अवसरमा पोखराका महिला उद्यमीद्वारा उत्पादित हस्तकला, चित्रकला, खाद्य सामग्री, उपहार सामग्री, विभिन्न प्रकारका पोशाक आदि वस्तुहरु प्रदर्शित गरिएका थिए ।

कार्यक्रममा महासंघको महिला उद्यमी विकास फोरमकी सभापति शान्ति चड्डाले स्वदेशी बजार मात्र नहेरी अन्तर्राष्ट्रिय बजारको चाहना, उत्पादन र सेवाको स्तर एवं मूल्यलाई समेत ध्यानमा राखी उत्पादन गर्दै जानु पर्नेमा जोड दिनु हुंदै विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी नेपाली महिलाले उत्पादन र बजार विस्तार गर्न सकेमा पनि ठूलो लाभ पुग्ने बनाउनु भयो ।

साथै उहांले महिला उद्यमीहरुको उत्पादन प्रवर्द्धनको लागि इन्किवेशन सेन्टरको व्यवस्था हुनु पर्नेमा जोड दिनु हुंदै महासंघले अन्तर्राष्ट्रिय मेलामा भाग लिन महिला उद्यमीहरुलाई प्रोत्साहित गर्दै आएको र दुर्गम क्षेत्रका महिला उद्यमशिलता प्रवर्द्धनका लागि कार्यक्रम तय गर्न लागेको बताउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका नेतृ एवं पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी इकाई समितिकी सभापति हिरा भट्टर्राईले नेपाली महिलाद्वारा उत्पादित वस्तुहरुलाई स्वदेशी बजारमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा प्रवर्द्धन गर्न सके यसबाट निर्यात रोजगारी एवं देशको आर्थिक सामाजिक विकासमै सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.