»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















जिल्लास्तरीय रोजगारदाताहरुको क्षमता विकास विषयक गोष्ठी


मितिः २०६३/५/८

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा संयुक्त रुपमा आयोजित जिल्लास्तरीय रोजगारदाताहरुको क्षमता विकास विषयक एक दिने गोष्ठी आज काठमाडौंमा सम्पन्न भयो ।

महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरुसंग आवद्ध रोजगारदाताहरुको क्षमता विकास गरी वदलिंदो परिस्थिति अनुरुप उनीहरुलाई अगाडी बढाउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजित सो कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो ।

सो गोष्ठीको उद्घाटन समारोहमा महासंघका पदेन उपाध्यक्ष एवं रोजगारदाता परिषद्का निमित्त सभापति रविन्द्र श्रेष्ठले रोजगारदाताहरुले आफनो प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने तर्फध्यान दिनु पर्नेमा जोडदिंदै प्रस्तुत कार्यक्रमले यस दिशामा उचित सहयोग गर्ने विश्वास प्रकट गर्नु भयो । साथै उहांले मुलुकभित्र जारी श्रम विवादको छिट्टै अन्त्य हुनुपर्ने धारणा राख्नु भयो । सभापति श्रेष्ठले बढ्दो अन्तराष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी नेपालले पनि आफनो प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने कुरा तर्फमहासंघ सचेत रहेको बताउनु भयो ।

अन्तराष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयका प्रतिनिधि सोलमान राजवंशीले कार्यक्रमका वारेमा जानकारी गराउंदै सरकारले प्रतिस्पर्धा सम्बन्धी कानून ल्याउने कुरा आइरहेकोले यस विषयमा निजी क्षेत्र पूर्ण तयारीमा रहनु पर्ने बताउनु भयो । उहांले महासंघसंग मिलेर भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रमका मुख्य स्रोत व्यक्ति अन्तराष्ट्रिय श्रम संगठन/दक्षिण एशिया कार्यालयका प्रमुख डा. राजेन मेहेरोत्रा (Dr. Rajen Mehrotra) ले गोष्ठीमा सम्बन्धित विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.