»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ग्लोबल कम्पाक्टका अवधारणालाई अझ प्रभावकारी रुपमा विस्तार गर्नु आवश्यक


मितिः २०६३/५/९

मुलुकको सामाजिक आर्थिक विकासका साथै गरिबी निवारणका कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) र निजी क्षेत्र बीचको साझेदारी तथा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गर्नु पर्ने भूमिका सम्बन्धमा महासंघको सचिवालयमा आज विस्तृत छलफल भयो ।

संयुक्त राष्ट्र संघका महासचिव कोफि अन्नानद्वारा जारी गरिएको विश्वव्यापि घोषणा ग्लोबल कम्पाक्ट (Global Compact) को अवधारणालाई महासंघले युएनडिपी र आइएलओसंग मिलेर कार्यान्वयन गर्दै आएको छ ।

महासंघ, युएनडिपी र ग्लोबल कम्पाक्ट (Global Compact) का सदस्यहरुको सहभागितामा आयोजित उक्त वैठकमा आगामी जुन २००७ मा जेनेभामा हुने ग्लोबल कम्पाक्ट (Global Compact) नेतृत्वहरुको सम्मेलनका लागि विषयसूची तयार गर्ने, नेपालमा भएको सो अवधारणाको कार्यान्वयन सम्बन्धमा पुनरावलोकन तथा सदस्यहरु बीच अनुभवको आदान प्रदान गर्नुका साथै सदस्यता वृद्धि गर्ने र सदस्यहरु बीच कार्यजालो स्थापना गर्ने सम्बन्धमा विस्तृत विचार विमर्स भएको थियो ।

सो वैठकलाई सम्वोधन गर्नु हुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले ग्लोबल कम्पाक्ट (Global Compact) नयां विश्व अर्थ व्यवस्थाको महत्वपर्ूण्ा जग भएकोले त्यसलाई व्यवहारमा उतार्न महासंघले विगत ५ वर्षअघिदेखि सदस्यहरुलाई प्रोत्साहित गर्दै आएको फलस्वरुप हालसम्म १३ वटा कम्पनीहरु ग्लोबल कम्पाक्टमा दर्ता भई सकेको बताउनु भयो ।

ग्लोबल कम्पाक्ट (Global Compact) का सिद्धान्तहरुलाई लागू गर्ने क्रममा महासंघले अन्तर्रर्ााट्रय मानव अधिकार, सामूहिक सौदा, बालश्रम निवारण, रोजगारी तथा पेशामा विभेद, वातावरण संरक्षण, विकास तथा वातावरणीय मैत्री प्रविधि जस्ता क्रियाकलापमा जोड दिई आएको पनि उहांले उल्लेख गर्नु भयो ।

साथै उहांले मानव अधिकार, वातावरण संरक्षण, श्रम स्तर, भ्रष्टाचार निवारण जस्ता कार्यक्रममा व्यवसायिक प्रतिष्ठानहरुमा जागरण ल्याउन संयुक्त राष्ट्र संघीय नियोगहरुको सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु हुंदै कार्यक्रमलाई अघि बढाउन र्सार्वजनिक निजी साझेदारी अवधारणा अत्यन्त उपयोगी हुने बताउनु भयो ।

कार्यक्रममा युएनडिपीका नायब आवासीय प्रतिनिधि गुलाम एम. इसाक्जाइ (Ghulam M. Isaczai) ले विश्वव्यापिकरणको वर्तमान अवस्थामा ग्लोबल कम्पाक्ट (Global Compact) को सिद्धान्त पालना गर्ने कम्पनीहरुले आफ्नो उत्पादन, उत्पादकत्व र सेवाको स्तर वृद्धि गर्न तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सघाउ पुग्ने मात्र नभई गरिबी निवारण, वातावरण संरक्षण, भ्रष्टाचार निवारण जस्ता कार्यमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नु हुंदै साझेदारीको आधारमा गरिने त्यस्ता कार्यक्रमहरुमा आफ्नो संस्थाको सहयोग रहने बताउनु भयो ।

शहरी वातावरणीय विकासका लागि र्सार्वजनिक-निजी साझेदारी (PPPUE) का राष्ट्रिय कार्यक्रम प्रवन्धक पुरुषोत्तम मान श्रेष्ठले महासंघ, आई.एल.ओ. र युएनडिपीको संयुक्त सहयोगमा नेपालमा संचालन भई आएको ग्लोबल कम्पाक्ट (Global Compact) र र्सार्वजनिक - निजी साझेदारी कार्यक्रमहरु सम्बन्धमा प्रकाश पार्नु हुंदै निजी क्षेत्रको सहभागितामा भएका ती कार्यहरुबाट सकारात्मक प्रभाव देखिएको उल्लेख गर्नु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.