»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका साथ नेउवामहासंघको प्रतिनिधिमण्डल चीन भ्रमणमा


मितिः २०६३/५/१०

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री के.पी. शर्मा ओलीबाट हुन लागेको मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको साताव्यापि औपचारिक भ्रमण साथ नेपाली निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको छ सदस्यीय प्रतिनिधिमण्डल आज तीब्बतको ल्हासाहुंदै त्यर्सतर्फ प्रस्थान गर्‍यो ।

उक्त प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार, इण्डिपेण्डेन्ट पावर प्रोड्यर्ुर्सस एसोसिएसनका कार्यकारिणी समितिका सदस्यर् इं. ज्ञानेन्द्रलाल प्रधान, नर्भिक स्कोर्टस इन्टरनेशनल हस्पिटल लि.का व्यवस्थापन निर्देशक वसन्त कुमार चौधरी र महिला उद्यमी अन्जान शाक्य हुनुहुन्छ ।

यसरी उक्त प्रतिनिधिमण्डलमा उत्पादनमूलक, सेवा तथा निर्यात र कृषिजन्य उद्योग व्यवसाय, तयारी पोशाक, होटल तथा पर्यटन, पश्मिना, चिया तथा अटो इण्डष्ट्रि, फलाम तथा फलामका सामान, जलविद्युत, विद्युतीय सामग्री, हस्तकला, विज्ञापन, प्याकेजिङ, कृषिजन्य उत्पादन लगायतका खाद्य बस्तु, इन्जिनियरिङ्ग, विमा, बैंक तथा वित्त, स्वास्थ्य आदि क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भ्रमणका अवसरमा चीनका परराष्ट्रमन्त्री, स्टेट काउन्सिलर, वाणिज्य मन्त्री, र चाइना राष्ट्रिय पर्यटन प्रशासन (China National Tourism Administration) का अध्यक्षसंग भेटघाट गरी द्विपक्षीय आर्थिक सम्बन्ध वारे विचार विमर्श गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले अखिल चीन उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग भेटघाट गरी नेपाल चीन गैर सरकारी सहयोग मंचका गतिविधि एवं द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्वन्ध विस्तार, लगानी आकर्षा, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका विषयमा हालसम्म भएका प्रयास एवं प्रगतिहरुका सम्बन्धमा विस्तृत छलफल समेत गर्ने छ ।

यहि भदौ १० देखि १८ गतेसम्म हुन लागेको उक्त भ्रमणका अवसरमा चीनले नेपाललाई प्रदान गर्ने हवाई कार्गो निरीक्षण प्रणाली (Air Cargo Inspection System) सम्बन्धी कागजातमा हस्ताक्षर हुनुका साथै महासंघको प्रतिनिधिमण्डलबाट हुने चिनियां दुरसंचार सामग्री उत्पादन तथा अन्य उच्च प्रविधि प्रतिष्ठान र सेनजेन (Shenzhen) स्थित विशेष आर्थिक क्षेत्र (Special Economic Zone) को अध्ययन/अवलोकनबाट नेपालमा ती प्रविधिहरुको विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उपप्रधानमन्त्रीको भ्रमण साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले चीनका समकक्षी संस्थाका साथै चीन तथा चीनको स्वशासित क्षेत्र तीब्बतका सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारी र व्यवसायिक नेतृत्वहरुसंग गर्ने भेटघाट, छलफल एवं अन्तरक्रियाबाट नेपालको उद्योग, व्यापार एवं पर्यटन प्रबर्द्धन, सूचना प्रविधि, विशेष आर्थिक क्षेत्रको विकासका साथै द्विपक्षीय आर्थिक सम्बन्धको विकासमा समेत अत्यन्त सकारात्मक प्रभाव पर्ने र भ्रमण अत्यन्त फलदायी हुने अपेक्षा महासंघले गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.