»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चीन भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलद्वारा विभिन्न आर्थिक विषयहरुमा पहल


मिति २०६३/५/१३

मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको साताव्यापि औपचारिक भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री के.पी. शर्मा ओली र तिब्बत जन सरकारका अध्यक्ष छाङपा फुन्टसोग (Chamba Puntsog) र सिचुआन प्रान्तीय जनसरकारका गभरनर झाङ झेङगोई (Zhang Zhongwei) बीच क्रमशः तिब्बत र सिचुआनमा छुट्टाछुट्टै आयोजित बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रहयो ।

उपरोक्त बैठकहरुमा महासंघको प्रतिनिधिमण्डलले नेपाल-चीन गैर सरकारी सहयोग मंचको आगामी बैठकलाई नेपालमा ठोस रुपमा लगानी प्रवाह हुने गरी आयोजना गर्नु पर्ने, पांचखालमा निर्यात प्रशोधन क्षेत्र (Export Processing Zone) को स्थापनाका लागि सक्रिय रुपमा अघि बढ्नु पर्ने, चीन र भारत बीचको व्यापारको क्रममा नेपाललाई पारवहन विन्दूको रुपमा विकास गर्ने तथा रसुवा-स्याफ्रुवेशी सडकको शीघ्र निर्माणका सम्बन्धमा जोड दियो ।

त्यसैगरी महासंघको प्रतिनिधिमण्डलले दुइ देश बीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका लागि सिगात्सेदेखि नेपालको सिमानासम्म रेल सेवालाई विस्तार गर्ने सम्बन्धमा पनि सो अवसरमा प्रस्ताव राखेको छ । उक्त बैठकहरुमा नेपाल सरकारका साथै महासंघको प्रतिनिधिमण्डलका सदस्यहरु र त्यहांको उद्योग व्यापारसंग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.