»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा लगानी एवं पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न चिनियां पक्षसंग आग्रह


मितिः २०६३/५/१४

मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री के.पी. शर्मा ओली र चाइना नेशनल टुरिजम एडमिनिष्ट्रेशनका अध्यक्ष (Chairman of the China National Tourism Administration) शाव क्विवेइ (Shao Qiwei) बीच आज वेइजिङ्गमा आयोजित बैठकमा उपप्रधानमन्त्री वलीका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपालमा पर्यटन प्रबर्द्धनका लागि चिनियाँ पक्षबाट नीतिगत एवं प्रक्रियागत ढंगले सहयोग पुर्‍याउनु पर्ने आवश्यकता माथि जोड दिएको छ ।

उक्त अवसरमा नेपाली व्यापारिक प्रतिनिधिमण्डलका नेता एवं महासंघका अध्यक्ष ढकालले चीनले नेपाललाई पर्यटन गन्तव्यको सूचीमा राखेको सर्न्दर्भमा समूहगत रुपमा मात्र नभई व्यक्तिगत रुपमा समेत भ्रमण गर्न सक्ने गरी सिंगल भिसा (Single Visa) को व्यवस्थालाई विस्तार गर्नु पर्ने, नेपाल आउने नयाँ स्थल मार्ग शीघ्र निर्माणका साथै चीनका विभिन्न शहर र नेपाल बीच हवाई उडान विस्तार गर्नु पर्ने, चीन आउने वाह्य पर्यटकहरु (Out bound tourists) का लागि नेपाल आउन सहयोग गर्नु पर्ने, ल्हासाबाट स्थल मार्ग भई नेपाल आउने पर्यटकहरुका लागि प्रक्रियागत सरलता आउनु पर्ने र तिब्बतमा सबै मौसमी पर्यटन केन्द्र (All Session Tourist Centre) को व्यवस्था सहित पर्यटन प्रबर्द्धन कार्यक्रम गर्नु पर्ने आग्रह गर्नु भएको छ ।

उक्त प्रतिनिधिमण्डल र अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) का पदाधिकारीहरु बीच आजै बेइजिङ्गमा आयोजित बैठकमा नेपालमा हुने आगामी नेपाल-चीन गैर सरकारी सहयोग मञ्चको वैठक (Chairman of the China National Tourism Administration) लाई प्रभावकारी बनाउने तथा चिनियाँ वाणिज्य मन्त्रालय र एसिएफआईसि समेतको आयोजनामा चीनको हुनान (Hunan) प्रान्तको चाङ्गशा (Changsha) शहरमा आगामी सेप्टेम्बरमा आयोजना हुने बृहद मेला (Expo Central China 2006) लाई नेपालको सर्न्दर्भमा लाभदायक बनाउन समेत नेपाली र चिनियाँ पक्ष बीच थप छलफल भएको छ ।

व्यापार, पर्यटन तथा लगानी प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त मेलामा नेपाल सम्बन्धमा अर्ढाई घण्टाको प्रस्तुति नेपालको तर्फबाट गरिने भएको र उक्त मेला अवलोकनका साथै वैठकमा नेपाली प्रतिनिधिमण्डलले समेत भाग लिने भएबाट नेपालको व्यापार, पर्यटन तथा लगानी प्रबर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघको उक्त प्रतिनिधिमण्डल र बेइजिङ्ग स्थित एक्जिम बैंकका अध्यक्ष बीच आज भएको बैठकमा नेपालको उद्योग व्यवसाय लगायत आर्थिक क्षेत्रको विकासका लागि सहुलियत कर्जा (Soft Loan) तथा अनुदानकर्जा (Grant Loan) को सम्भावना सम्बन्धमा समेत छलफल भयो ।

सो क्रममा उक्त बैंकको एक टोली निकट भविष्यमानै नेपाल आउने सहमति हुनुको साथै टनेल तथा अस्पताल आदि क्षेत्रको निर्माणमा सहयोगगर्न उक्त बैंक इच्छुक रहेको पाइएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.