»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बाढी पहिरो पीडितहरुका लागि सहयोग गर्न नेउवामहासंघको आग्रह


मितिः २०६३/५/१५

नेपालको सुदुर तथा मध्यपश्चिमका जिल्लाहरुमा हालै परेको अविरल वर्षा र आएको बाढी पहिरोबाट ठूलो जन धनको क्षति हुनुको साथै कैयौं घर परिवार विस्थापित हुनु परेकोमा नेपाल उद्योग वाणिज्य महासंघको गंभीर ध्यानाकृष्ट भएको छ र सो क्षति एवं संकट प्रभावित सबै प्रति महासंघ दुःख व्यक्त गर्दछ । यस प्रकारको प्राकृतिक विपत्तिबाट पीडित हुन पुगेकाहरुको सहयोगार्थ महासंघले राहत कार्यक्रमको व्यवस्था गरेकोले यसका लागि सम्पूर्ण सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायीहरुले आ-आफ्नो तर्फाट पुर्‍याउन सकिने नगद तथा अन्य राहत सामग्रीहरु सहयोग पुर्‍याउनु हुन समेत महासंघ हार्दिक आग्रह गर्दछ ।

सो प्रयोजनको लागि नगद सहयोग गर्नु हुनेले राष्ट्रिय वाणिज्य बैंक, टेकू, काठमाडौं स्थित नेपाल उद्योग वाणिज्य महासंघ-सामाजिक कल्याण कोष, बचत खाता नं. ५४२२/१३ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन हुन र अन्य राहत सामग्री सहयोग गर्नु हुनेले सिधै महासंघको सचिवालय वा नेपालगंज उद्योग वाणिज्य संघमा सर्म्पर्क राखी बुझाउन सकिने व्यवस्था समेत महासंघले मिलाएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.