»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघले अघि सारेको एक गाउँ एक उत्पादन कार्यक्रमलाई सहयोग गर्ने जापानी सांसदहरुको प्रतिवद्धता


मितिः २०६३/५/१६

स्थानीय समुदायको जीवनस्तरमा सुधार गरी मुलुकको अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउने मुख्य उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले अघि सारेको "एक गाउं एक उत्पादन"को कार्यक्रमलाई सघाउने सम्बन्धमा जापानी संसादहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल-जापान दौत्य सम्बन्ध स्थापना भएको ५० औं वर्षो अवसरमा नेपाल भ्रमणमा आएको जापानी सांसदहरुको टोलीसंग "एक गाउँ एक उत्पादन"का विषयमा आज महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा सो प्रतिवद्धता जनाइएको हो ।

जापानी संासद तादाहीको इटो (Tadahiko Ito) र ताकासी यानो (Takashi Yano), नेपालका लागि जापानी राजदुत सुतोमु हिराओका (Tsutomu Hiraoka), जापानका अर्थ तथा उद्योग व्यापार मन्त्रीका निजी सचिव तोसिकी निकाई (Toshiki Nikai,Personal Secretary for His Excellency Mr. Toshihiro Nikai,Japanese Minister of Economy,Trade and Industry) सहितको जापानी प्रतिनिधिमण्डलसंग आयोजित सो कार्यक्रममा जापानी संासदहरुको टोलीले जापानमा अत्यन्त सफल भएको "एक गाउं एक उत्पादन"को अवधारणालाई नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा कार्यान्वयनमा ल्याउन गरेको प्रतिवद्धता प्रति आफूहरु अत्यन्त उत्साहित भएको बताउनु भयो ।

सो अवसरमा टोली प्रमुख एवं संासद तादाहीको इटाले एक गाउं एक उत्पादन वारे जापानी अनुभवको आदान प्रदान गर्नुहुंदै यसको प्रभावकारी संचालनका लागि पूर्ण प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिंनु भयो । महासंघले आफनो प्रतिवद्धता पुरा गर्ने तर्फआफूहरु विश्वस्त भएको पनि बताउनु भयो । एक गाउं एक उत्पादन सम्बन्धमा तालीम लिन जापान गएका नेपाली प्रशिक्षार्थीहरु फर्के पछि यसलाई कार्यान्वयनमा लैजान निकै सहयोग पुग्ने र त्यसपछि पनि आवश्यक सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

उहांले एक गाउं एक उत्पादनका लागि छनौटमा परेका वस्तुहरुको नमूना, एकिन तथ्यांक, त्यसको संभाव्यता आदिका विषयमा जापानको अर्थ, उद्योग तथा व्यापार मन्त्रालयमा सूचनाहरु पठाउन आग्रह गर्दै त्यसपछि जापानी विज्ञहरुको टोलीले नेपाल आएर र्सर्वेक्षण गरी सहयोग अघि बढाउने स्पष्ट पार्नु भयो । यो कार्यक्रमको एकमात्र उद्देश्य भनेको स्थानीय जनतालाई स्वालम्वी बनाउने नै हो भन्ने जापानको अनुभव रहेको र नेपालको पनि सोही अनुरुप रहेको आफुहरुले वुझेको उहांले बताउनु भयो ।

सो अवसरमा सांसद तादाहीकोले त्यहांको अर्थ, उद्योग तथा व्यापार मन्त्रलायले पठएको एक गाउं एक उत्पादनका सम्बन्धमा जानकारी समेटिएका महत्वपूर्ण सामग्रीहरु पनि महासंघलाई हस्तान्तरण गर्नु भयो ।

त्यसअघि जापानी संासद टोलीको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष दिवाकर गोल्छाले एक गाउं एक उत्पादन कार्यक्रमको कार्यान्वयनका लागि हालसम्म सरकार तथा महासंघको तर्फाट भैरहेको प्रयासहरुको सम्बन्धमा जानकारी गराउनु भयो ।

सन् १९७९ मा जापानको ओटा प्रिफेक्चर (Oita Prefecture of Japan) बाट अभियानको रुपमा शूरु भएको यो कार्यक्रमले विश्वका विभिन्न देशहरुमा हासिल गरेको सफलताबाट प्रभावित भई महासंघले पनि नेपालमा यसलाई अघि बढाएको र यो कार्यक्रम अहिले सरकार र निजी क्षेत्र बीच साझेदारीको रुपमा अघि बढेको र सरकारको वाषिर्क कार्यक्रममा पनि यसले प्रमुख प्राथमिकता पाएको बताउनु भयो । हालै मात्र नेपाल सरकार कृषि तथा सहकारी मंत्रालयले यसको प्रभावकारी कार्यान्वयनका लागि महासंघको समेत सहभागितामा केन्द्रीय तहमा दुइ छुट्टाछुट्टै समितिहरु गठन गरेको जानकारी पनि उहांले गराउनु भयो ।

त्यसैगरी उक्त कार्यक्रमका लागि जापान सरकारको डव्लुटीओ-आर्थिक सहयोग कार्यक्रम अन्तरगत सहयोग विस्तार गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जापानी सरकार समक्ष प्रस्ताव पेश गरेको र उक्त प्रस्ताव तयारीका क्रममा पनि महासंघ समेतको सक्रिय सहभागितामा थुप्रै गृहकार्य भएको जानकारी गराउंदै यसमा सहयोग गर्न आग्रह गर्नु भयो । साथै कार्यवाहक अध्यक्ष गोल्छाले सरकार निजी क्षेत्र साझेदारीको उत्तम नमूनाको रुपमा अघि बढेको यो कार्यक्रमको सफल संचालनका लागि जापानको अनुभव, प्रविधि तथा सहयोग निकै उपयोगी हुने स्पष्ट पार्नु भयो ।

महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठले एक गाउं एक उत्पादनको सफल कार्यान्वयनमा निजी क्षेत्र पूर्ण प्रतिवद्ध रहेको विश्वास दिलाउंदै निजी क्षेत्रले यसलाई आफ्नै स्वामित्वमा अघि बढाउन चाहेको स्पष्ट पार्नु भयो ।

सो अवसरमा महासंघको कृषि उद्यम केन्द्रका सभापति कृष्ण प्रसाद ताम्राकारले एक गाउं एक उत्पादनका विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्दै दुइ वर्षेखि महासंघले अघि बढाएको यो कार्यक्रम सरकारको वाषिर्क कार्यक्रममा परेको र केही जिल्लाहरुमा वस्तुहरु समेत छनौट भइसकेको जानकारी गराउनु भयो । साथै उहांले हाललाई कृषि उत्पादनलाई मात्र यस कार्यक्रममा जोड दिइएपनि विस्तारै अन्य क्षेत्रका उत्पादनलाई पनि समावेश गर्दै जाने बताउनु भयो ।

छलफल कार्यक्रममा महासंघका समिति सभापतिहरु श्रीमती शान्ति चड्डा, लोक विक्रम थापा, निमित्त महानिर्देशक मेघनाथ न्यौपाने, कृषि उद्यम केन्द्रका वोर्ड सदस्यहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.