»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वीरगञ्ज घोषणा जारी गर्दै "वृहत राष्ट्रिय भेला-२०६३" सम्पन्न


मितिः २०६३/६/३

वर्तमान वस्तुस्थितिमा निजी क्षेत्रले व्यहोर्नु परेका समस्याहरु र तीनको समाधान सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको सभापतित्व एवं वीरगञ्ज उद्योग वाणिज्य संघको आतिथ्यमा वीरगञ्जमा हिजो आयोजित "वृहत राष्ट्रिय भेला-२०६३" सात बुंदे "वीरगञ्ज घोषणा" जारी गर्दै सम्पन्न भयो ।

उक्त भेलामा महासंघका पदाधिकारी एवं भूतपूर्व अध्यक्षहरु, सल्लाहकार समितिका सदस्यहरु, कार्यकारिणी समितिका सदस्यहरु, सदस्य जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु तथा एशोसिएट सदस्य र उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित अन्य संघ/संस्थाका पदाधिकारी/प्रतिनिधि एवं विभिन्न वर्गिय एवं व्यवसायिक संघ/संस्थाका पदाधिकारी/प्रतिनिधिहरु गरि करिव ४५० जनाको सहभागिता थियो ।

भेलालाई संबोधन गर्नु हुदै महासंघका अध्यक्ष ढकालले देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रहेको तथा लाखौं जनशक्तिलाई रोजगारी र अरवौंको राजश्व बुझाई रहेको उद्योग व्यापार व्यवसायका समस्या समाधानका लागि बारम्बार सरकारका साथै राजनीतिक दल एवं नेकपा -माओवादी) समेतको ध्यानाकर्षा गराउंदा पनि कुनै पक्षबाट पनि यस क्षेत्रका समस्या समाधानमा गंभिरता नअपनाइएका कारण जनधनकै सुरक्षा हुन नसकेको, अनियमित कर शुल्क एवं जवरजस्ति र उद्योग प्रतिष्ठान लगायत विभिन्न व्यवसायमा श्रम विवाद बढ्दै गएको, गतल, अव्यवहारिक एवं कानून विपरित वैंकहरुद्वारा चालिएको कदम तथा ट्रक सिण्डिकेट/टोकन प्रणाली आदिका कारण उद्योग व्यवसाय ठप्प हुने स्थितिमा पुगेको र यसबाट रोजगारी एवं अर्थतन्त्रमा गम्भिर संकट पर्ने देखिएको स्पष्ट पार्नु भयो ।

साथै उहांले विसौं वर्षेखि उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्र र्फम दर्ता तथा नविकरण गर्नुपर्ने नीति भएकोमा हाल आएर सो हटाइएका कारण संघहरुको संस्थागत एवं संगठनात्मक संरचना कमजोर हुने स्थितिमा पुगकोले सो व्यवस्था पूर्ववत कायम गर्न जोडदार पहल गर्दा पनि आजसम्म सकारात्मक निर्णय नभएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

साथै उहांले विगत दोश्रो जनआन्दोलनमा निजी क्षेत्रले निर्वाह गरेको सकृय भूमिकालाई जनआन्दोलनबाट पुनरस्थापित संसद, गठित सरकार एवं राजनीतिक दलहरुले विर्सिएको र अपहरण, हत्या, लुटपाट, चोरी डकैति हुदा पनि राज्य निरिह देखिएकोमा दुःख व्यक्त गर्नु भयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रका समस्या समाधानका लागि अव सम्पूर्ण निजी क्षेत्र वीच अझ बढी ऐक्यवद्धता आवश्यक भएकोमा जोड दिनु हुदै उद्योग व्यवसाय संचालनका दर्ुइ पांग्रा मध्येका एक ट्रेड यूनियनहरु पनि निजी क्षेत्रसंगै ऐक्यवद्धता हुनु पर्ने आवश्यकता औल्याउनु भयो ।

महासंघका निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठले देशमा शीघ्र दीगो र स्थायी शान्ति स्थापनाको प्रकृया प्रारम्भ गरि टुंगोमा पुर्‍याउनु पर्ने, उद्योग व्यवसाय र जनधनको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, अनियमित कर र चन्दा दवाव तुरुन्त बन्द हुनुपर्ने र अनुकूल औद्योगिक व्यवसायिक वातावरण बनाउन सम्पूर्ण निजी क्षेत्र एक हुनुपर्नेमा जोड दिनु भयो ।

महासंघका भूतपूर्व अध्यक्ष हर्रि प्रसाद गिरी, महेशलाल प्रधान, आनन्दराज मुल्मी, प्रदीप कुमार श्रेष्ठ र सल्लाहकार समितिका सदस्य चिरञ्जिवि निधि तिवारीले आम नागरिकको बा“च्न पाउने र निर्धक्क भई व्यवसाय गर्न पाउने अधिकार सुरक्षित हुनर्ुपर्ने, ट्रक सिण्डिकेट जस्ता एकाधिकार प्रणाली अन्त गर्नुपर्ने, सुझावबाट समस्याको समाधान नभएकोले संर्घष्ा गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

महासंघका उपाध्यक्ष दिवाकर गोल्छाले लामो समयदेखि ठूलो समस्या पर्दा पनि धर्ैय साथ बसेको निजी क्षेत्रको धर्ैयताको बांध फुट्न लागेको, देशमा अझै शान्ति सुरक्षा कायम हुन नसकी अपराधिक कृयाकलाप बढ्दै गएको, कानूनको मर्यादा पालन नहुदा समस्या उत्पन्न भएको, नाजायज र गैर कानूनी तरिकाले स्थानीय कर, शुल्क लिनुको साथै चन्दा समस्या बढ्दै गई औद्योगिक व्यवसायिक वातावरण व्रि्रदै गएकोमा चिन्ता प्रकट गर्नु भयो ।

महासंघका द्वितीय उपाध्यक्ष कुश कुमार जोशीले नेपालको अर्थतन्त्रमा निजी क्षेत्र र यसका समस्या विषयमा प्रस्तुतीकरण गर्नु हुदै देशमा राजनीतिक अन्यौलता विद्यमान रहेको, आर्थिक गतिविधिमा पर्ूण्ा शिथिलता आएको, आर्थिक नीतिको अन्यौलता, औद्योगिक अशान्ति र श्रमिक समस्या, आर्थिक नाकाबन्दी -नेपाल राष्ट्र वंैकको वित्तीय नीति), राजनीतिक प्रतिवद्धता र द्वन्द व्यवस्थापनमा देखिएको ढिलाईपन, सीमावर्ति क्षेत्रमा उद्योगी व्यवसायीमा हमला र जीउधनको असुरक्षा बढ्ै गएको, चन्दा र अनियमित कर आतंक, ट्रेड यूनियनहरुको अव्यवहारिक माग, श्रम विवाद, वित्तीय क्षेत्र सुधारको नाममा उद्योगी व्यवसायीको मान मर्दन गरिनु निजी क्षेत्रलाई प्रभाव पारि आएका मुख्य समस्याहरु भएको उल्लेख गर्नु भयो ।

प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै वीरगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष ओम प्रकाश सरावगीले शान्ति सुरक्षाको अभाव र प्रतिकूल औद्योगिक व्यवसायिक वातारणका कारण अधिराज्यका कूल उद्योग मध्ये ३० प्रतिशत उद्योग रहेको वीरगञ्ज कोरिडोरमा हत्या, अपहरण, चोरी डकैति एवं उद्योगी व्यवसायी माथि आक्रमण एवं दवाव निरन्तर हुने गरेको कारण समेत उद्योग व्यवसाय चलाउन नसकिने स्थिति उत्पन्न भएको र नीतिगत एवं प्रकृयागत कारण समेत उद्योग व्यवसाय विस्थापित हुन लागेको बताउनु भयो ।

निजी क्षेत्रका समस्या समाधानमा जिम्मेवार क्षेत्रबाट चासो नदेखाएको औंल्याउंदै भेलाका सहभागिहरुले समाधानका लागि संर्घष्ा समिति गठन गरि विरोधका कार्यक्रम तय गरि सकृयतापर्ूव अघि बढ्ने ऐक्यवद्धता जनाउंदै त्यसका लागि आफूहरु सक्रिय रहनेमा जोड दिए ।

त्यसैगरी उहांहरुले हाल जल्दा बल्दा रुपमा रहेका शान्ति सुरक्षा र कर चन्दा, ट्रेड युनियन र श्रम विवाद, ट्रक सिण्डिकेट प्रथाको विवाद, वित्तिय तथा बैंकिङ्ग, रुग्ण उद्योग एवं र्फम/दर्ता नवीकरण सिफारिश सम्बन्धी मागहरु पूरा गर्न केन्द्रीय तहमा महासंघका अध्यक्षको संयोजकत्वमा राष्ट्रिय संर्घष्ा समिति गठन गरि विभिन्न विरोध कार्यक्रमहरुको स्वरुप तय गर्नु पर्ने, प्रारम्भिक विरोध कार्यक्रमहरु अघि बढाउंदै जांदा पनि समस्या समाधान नभएमा उद्योग व्यवसाय स्वत बन्द हुने हुंदा कुनै पनि व्यवसायीले आयात निर्यात नगर्ने, उद्योग व्यवसाय संचालन नगर्ने, बैंक व्याज एवं कर राजस्व बुझाउन नसक्ने जस्ता कार्यक्रमहरु पनि क्रमशः विरोध कार्यक्रमका रुपमा संचालन गर्दै जानु पर्नेमा जोड दिनु भएको थियो ।

राष्ट्रिय भेलाको समाप्ति पछि हिजै वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुदै महासंघका अध्यक्ष ढकालले भेलाद्वारा जारि घोषणा एवं गरिएका निर्ण्र्ाारुलाई कार्यान्वयन गरि निजी क्षेत्रका समस्या समाधानमा सहयोग पृुर्‍याउन सम्पर्ूण्ा निजी क्षेत्रबाट ऐक्यवद्धता जाहेर गरेकोमा सराहना गर्नुहुदै पत्रकार जगतबाट पनि सो कार्यमा सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।

निजी क्षेत्र वीच ऐक्यवद्धता जनाउंदै यस क्षेत्रका समस्या र समाधानका लागि आग्रह गरिएका प्लेकार्ड सहितको विरोध र्‍याली आज वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्किई घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

सो सभालाई संबोधन गर्नुहुदै महासंघका अध्यक्ष ढकालले भेलाले निजी क्षेत्रका समस्या समाधान गर्ने क्रममा महासंघलाई दिएको मार्ग दर्शन पूरा गर्न महासंघका सम्पर्ूण्ा सदस्य लगायत निजी क्षेत्रबाट सहयोग हुुनर्ुपर्नेमा जोड दिनु हुदै वीरगञ्जले देखाएको उत्साह र सहयोगका लागि आभार व्यक्त गर्नु भयो ।

उक्त सभालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकार, वीरगञ्ज उवासंघका अध्यक्ष सरावगी एवं नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष आङ्गटेण्डि शर्ेपाले सम्बोधन भएको थियो ।

राष्ट्रिय भेला एवं उक्त र्‍यालीमा सहभागि हुनुहुनेहरुमा महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठ, भूतपर्ूव अध्यक्षहरु हरि प्रसाद गिरी, महेश लाल प्रधान, आनन्द राज मुल्मी र प्रदीप कुमार श्रेष्ठ, सल्लाहकार समितिका सदस्य चिरन्जीवी निधि तिवारी र उपाध्यक्ष्ँहरु दिवाकर गोल्छा, कुशकुमार जोशी, आजाद श्रेष्ठ, रविन्द्र श्रेष्ठ एवं कार्यकारिणी समितिका सदस्यहरु अखिल कुमार चापागाई, अशोक कुमार तोदी, ए.जि. शर्ेपा, किशोर प्रधान, कुमुद कुमार दुगड, डी.वि. बस्नेत, दिनेश श्रेष्ठ, प्रदीपजंग पाण्डे, प्रदीप मान वैद्य, बिमल कुमार केडिया, लोक विक्रम थापा, विराट थापा, कृष्ण प्रसाद ताम्राकार, ध्रुव कुमार श्रेष्ठ, प्रकाश गिरी, चम्पालाल राठी, चन्द्र कृष्ण कर्माचार्य, दर्ुगा प्रसाद श्रेष्ठ, पशुपति मुरारका, माधव प्रसाद भट्ट, रमेश कुमार पिया, रामचन्द्र सर्ंर्घइ, शंकर लाल अग्रवाल, हिक्मत बहादुर माली, ज्ञानेन्द्र कसजु, गोपाल हमाल, चोप नारायण श्रेष्ठ, लंकमान रोका र सहदेव राजभण्डारी समेत हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.