»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग वाणिज्य संघहरुद्वारा समस्या समाधानका लागि आग्रह सहित जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र प्रस्तुत


मितिः २०६३/६/५

नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघको आतिथ्यमा गत सोमबार वीरगञ्जमा आयोजित वृहत राष्ट्रिय भेला-२०६३ द्वारा गठित राष्ट्रिय संघर्ष समितिको कार्यक्रम अनुसार उक्त भेलाद्वारा जारी घोषणा र पारित मागहरु पूरा गर्न आग्रह गर्दै अधिराज्यका सवै जिल्ला नगर उद्योग वाणिज्य संघहरुले आज सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फ प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गरेका छन् ।

सो ज्ञापन पत्र प्रस्तुत गर्ने कार्यमा जिल्ला/नगर उद्योग वाणिज्य संघका अध्यक्ष/पदाधिकारीको नेतृत्वमा सम्बन्धित संघका पदाधिकारी एवं सदस्यहरु लगायत विभिन्न पेशा व्यवसायसंग सम्बन्धित महानुभावहरुको सहभागिता थियो ।

ज्ञापन पत्रमा उल्लेखित प्रमुख मागहरुमा शान्ति सुरक्षा र कर चन्दा, ट्रेड यूनियन र श्रम विवाद, ट्रक सिण्डिकेट प्रथा, वैकिङ्ग तथा वित्तीय एवं रुग्ण उद्योग सम्बन्धि समस्याको समाधानका साथै र्फम दर्ता/नविकरणमा जिल्ला उद्योग वाणिज्य संघहरुको सिफारिस पूर्ववत कायम गर्नु पर्ने विषयसंग सम्बन्धित छन् ।

यसै वीच नेपाल चेम्बर अफ कमर्शको तर्फाट गएको शान्तिपूर्ण जुलुस आजै जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गर्यो ।

ज्ञापन पत्र प्रस्तुत गर्नु अघि उक्त कार्यालयको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्नु हुदै महासंघका अध्यक्ष चण्डिराज ढकालले देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा रही खरवौंको लगानी भई अरवौंको राजश्व बुझाउनुको साथै लाखौंलाई रोजगारी दिई आएको उद्योग व्यवसाय क्षेत्र अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा हालै वीरगञ्जमा आयोजित वृहत राष्ट्रिय भेलाद्वारा पारितं माग पूरा गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रम अनुसार आज सम्पूर्ण जिल्लाका उद्योग वाणिज्य संघहरुले जिल्ला प्रशासन कार्यालय मार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउंदै रहेको उल्लेख गर्नु भयो ।

साथै उहांले प्रधानमन्त्री समक्ष महासंघको तर्फाट समेत भोली राष्ट्रिय भेलाद्वारा पारित घोषणा पत्र एवं मागहरु सहितको ज्ञापन पत्र प्रस्तुत गरिने र भोलि विहान १० बजेदेखि १२ बजेसम्म उद्योग व्यवसायीले देशका प्रमुख भन्सार नाकाहरुबाट आयात/निर्यातका माल सामान नछुटाउने कार्यक्रम रहेको पनि जानकारी गराउनु भयो ।

चेम्बरका अध्यक्ष सुरेन्द्रवीर मालाकारले शान्तिपूर्ण विरोध कार्यक्रमका साथ प्रस्तुत यी मागहरु शीघ्र कार्यान्वयन गर्नु पर्नेमा जोड दिदैं ती माग पूरा नभएमा वीरगञ्ज भेलाद्वारा गठित राष्ट्रिय संघर्ष समितिले दोश्रो चरणका कार्यक्रमहरु तय गरि अघि बढ्न निजी क्षेत्र बाध्य हुने उल्लेख गर्नु भयो ।

सो कार्यक्रममा महासंघ र नेपाल चेम्बरका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, वस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका पदाधिकारी/प्रतिनिधिहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.