»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका अध्यक्ष ढकाल निर्यात पर््रवर्द्धन मार्फ गरिवी निवारण विषयक अन्तरष्ट्रिय कार्यक्रममा


मितिः २०६३/६/८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल अन्तर्राष्ट्रिय व्यापार केन्द्र (International Trade Center) द्वारा जर्मनीको आर्थिक सहयोग तथा विकास सम्बन्धी संघीय मन्त्रालयको सह आयोजकत्वमा वर्लिनमा हुने "भूमिसुधारः निर्यात प्रवर्द्धन मार्फत गरिवी निवारण" (Land Reform: Poverty Reduction through Export Promotion) विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज त्यस तर्फप्रस्थान गर्नु भयो ।

अन्तर्राष्ट्रिय संघ/संस्था एवं संयुक्त राष्ट्र संघीय निकायहरु, दातृ संस्था एवं गैर सरकारी संस्थाका विशिष्ठ व्यक्तित्वका साथै कम्तिमा ३० विकासोन्मुख मुलुकका निर्यात रणनीति विज्ञहरु सहित १२० जनाको सहभागितामा यही असोज ११ देखि १४ (September 27-30, 2006) सम्म आयोजना हुने उक्त कार्यक्रमको क्रममा निर्धारित सत्रमा अध्यक्ष ढकालले निर्यात विकास, गरिवी निवारण तथा भूमि सम्बन्धी विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने छ ।

सोही अवधिमा र्सार्क सूचना आदान प्रदान परियोजना (The SAARC Information Exchange Project) द्वारा आयोजना गरिने र्सार्क मुलुक वीच व्यवसायिक सूचना कार्यजालो प्रवर्द्धन (Promoting Export by Business Information Networking within SAARC) विषयक कार्यक्रममा पनि अध्यक्ष ढकालले भाग लिनु हुने र निजी क्षेत्रका व्यापार प्रवर्द्धन संस्थाको लागि व्यवसायिक सूचनाको भूमिका, विकासका लागि व्यवसायिक सूचना व्यवस्था एवं सोको प्रवाह माथि विस्तृत छलफल एवं विचार विमर्श हुने सो सम्मेलनहरुबाट समेत निर्यात प्रवर्द्धनको माध्यमबाट गरिवी निवारणका साथै व्यवसायिक सूचना आदान प्रदानमा अझ बढी सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.