»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चीनमा आयोजित वृहत व्यापार मेलामा नेपालको सहभागिता


मितिः २०६३/६/८

चीनियां वाणिज्य मन्त्रालय र अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce) समेतको आयोजनामा चीनको हुनान (Hunan) प्रान्तको चाङ्गशा (Changsha) शहरमा आयोजित वृहत औद्योगिक व्यवसायिक मेला (Expo Central China 2006) मा नेपालको समेत सहभागिता हुदैछ ।

उक्त मेलामा भाग लिन नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल हिजो त्यस तर्फप्रस्थान गरिसकेको छ ।

व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज १० गतेदेखि १२ गते (26-28 September 2006) सम्म आयोजित उक्त मेलामा नेपाल तथा नेपाली उत्पादन र सेवा लगानीका अवसर एवं पर्यटन आकर्षण सम्बन्धमा समेत प्रस्तुतिकरण गरिने सो मेलाबाट नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका साथै नेपाल र चीन वीचको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

उक्त मेलाका अवसरमा नेउवामहासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) द्वारा आयोजना गरिने आगामी कार्यक्रमहरु बारे पनि दुई पक्ष वीच छलफल हुनेछ ।

सो प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा तुल्सीपुर उद्योग वाणिज्य संघका अध्यक्ष अम्मर राज आचार्य तथा भूतपूर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघको कार्यकारिणी समितिका सदस्यद्वय सिद्धिलाल श्रेष्ठ र प्रमोद श्रेष्ठ, स्वतन्त्र उर्जा उत्पादक संघको कार्यकारिणी समितिका सदस्य ज्ञानेन्द्र लाल प्रधान, गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषद् हङ्गकङ्गका कोषाध्यक्ष प्रकाश पुन र महासंघका वरिष्ठ अधिकृत अरुण कुमार श्रेष्ठ हुनुहुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.