»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















श्रीलंकाको रोजगादाता महासंघका महानिर्देशकसंग श्रम विवाद निरुपणका विषयमा छलफल


मितिः २०६३/६/८

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष आजाद श्रेष्ठ एवं महासंघको रोजगारदाता परिषद्का पदाधिकारी र श्रीलंकाको रोजगारदाता महासंघका महानिर्देशक गोतावाया देसानायके (Gotabaya Dassanayaka, Director General, Employers' Federation of Ceylon) बीच आज महासंघको सचिवालयमा श्रम विवाद निरुपणका विषयमा विस्तृत छलफल भयो ।

सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले महानिर्देशक गोतावायाको स्वागतका क्रममा महासंघले दुई दशक भन्दा बढी समयदेखि असल औद्योगिक सम्बन्ध विकासका शिलसिलामा विविध कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराउंदै छलफलबाट सुमधुर औद्योगिक सम्बन्ध विकास, श्रम विवादको निरुपण, श्रमसंग सम्बन्धित नीति तथा कानून निर्माणमा अनुभव आदान प्रदानमा मद्दत पुग्ने बताउनु भयो ।

सो अवसरमा महानिर्देशक गोतावायाले श्रीलंकन रोजगारदाता महासंघले उद्योग वाणिज्य संघहरुसंग नजिकको सम्बन्ध राखेर काम गर्ने गरेको, रोजगारदाताहरुको तर्फबाट सरकार, सम्बन्धित मन्त्रालय/विभाग एवं अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुमा सहभागी भएर श्रमसंग सम्बन्धित नीति/ कानून निर्माण, वेतन लगायतका विषयमा शसक्त रुपले कार्य गर्ने गरेको जानकारी गराउनु भयो । सुमधुर औद्योगिक सम्बन्ध निर्माण, कामदारहरुको दक्षता विकास तथा प्रभावकारी सेवा वितरणमा आफ्नो संस्थाले हासिल गरेको अनुभव नेपाल उद्योग वाणिज्य महासंघका लागि पनि त्यत्तिकै महत्वपूर्ण हुने उहांले बताउनु भयो । त्यसैगरी उहांले रोजगारदाताहरुलाई कानूनी सेवा उपलव्ध गर्राई विश्वासिलो सेवा प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ जस्तो संस्था भित्र छुट्टै कानूनी इकाईको स्थापना हुनु पर्नेमा जोड दिनु भयो ।

महासंघको रोजगारदाता परिषद्का निमित्त सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठले रोजगारदाता र श्रमिक बीचको सम्बन्ध विकास, श्रम कानून निर्माण, श्रम विवादको निरुपणमा महासंघको रोजगारदाता परिषद्का गतिविधि वारे प्रकाश पार्नु भएको थियो । सो अवसरमा महासंघका समिति सभापतिहरु अशोककुमार तोदी, किशोर प्रधान, कार्यकारिणी समिति सदस्य लंकमान रोका, परिषदका सदस्यहरु र निमित्त महानिर्देशक मेघनाथ न्यौपानेको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.