»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा श्रद्धाञ्जली सभा


मितिः २०६३/६/११

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष आजाद श्रेष्ठको सभापतित्वमा महासंघको सचिवालयमा आज बसेको शोक सभाले महासंघको कार्यकारिणी समितिका सदस्य एवं मेची अंचल प्रतिनिधि श्री बिजय कुमार श्रेष्ठको यही असोज ७ गते शनिवार ताप्लेजुङ जिल्लाको घुन्सामा हेलीकप्टर दुर्घटनामा परि असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्‍यो ।

सो सभामा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै एक मिनट मौन धारणा समेत गरिएको थियो ।

शोक सभालाई संवोधन गर्नुहुंदै कार्यवाहक अध्यक्ष श्रेष्ठले हेलिकप्टर दुर्घटनाबाट वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, महासंघका कार्यकारिणी समिति सदस्य विजय श्रेष्ठ लगायत २४ जना विशिष्ट व्यक्तिहरुको दुःखद निधनबाट राष्ट्रलाई अपुरणिय क्षति पुग्नुका साथै उहांहरुको निधनले नेपालको वन व्यबस्थापन, वन्यजन्तु संरक्षण तथा जैविक विविधता क्षेत्रमा समेत ठूलो क्षति पुग्न गएको बताउनु भयो ।

स्वर्गीय श्रेष्ठ एक होनहार युवा उद्यमी हुनुहुन्थ्यो । उहांले ताप्लेजुङ्ग उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा समेत चेम्बर गतिविधिलाई अघि बढाउन महत्वपूर्ण योगदान दिनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवं मेची अञ्चल प्रतिनिधिको हैसियतले उहांले महासंघलाई पुर्‍याउनु भएको योगदानलाई महासंघले निरन्तर कदर गरी सम्झी रहनेछ । श्री श्रेष्ठको निधनबाट महासंघलाई अपुरणीय क्षति पुग्न गएको छ भने राष्ट्रले एक होनाहार युवा उद्यमी गुमाउनु परेको छ ।

यस दुःखद घडीमा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्र स्वर्गीय श्रेष्ठको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

शोक सभामा महासंघका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, सल्लाहकार समिति र कार्यकारिणी समितिका सदस्यहरु तथा महासंघका कर्मचारीहरुको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.