»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शिखर वार्तालाई अन्तिम टुंगोमा पुर्‍याउन नेपाल उद्योग वाणिज्य महासंघको आग्रह


मितिः २०६३/६/२१

देशमा उत्पन्न द्वन्दको स्थायी समाधान शान्तिपूण वार्ताद्वारा हुनु पर्नेमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले बारम्बार जोड दिई आएको र्सवविदितै छ ।

द्वन्दबाट सिर्जित समस्याका कारण एक दशकसम्म देशमा अशान्ति असुरक्षा एवं जनधनको ठूलो क्षति हुनुका साथै सामाजिक आर्थिक अवस्था नै भयावह स्थितिमा पुगेको तथा अन्तर्रर्ााट्रय क्षेत्रमा समेत नेपालको छवि राम्रो हुन नसकेको बेला जनताको अथक प्रयास र बलिदानको कारण दोस्रो सफल जनआन्दोलन पश्चात समस्त देशवासी एवं अन्तर्रर्ााट्रय समूदाय समेत शान्तिपर्ूण्ा वार्ताद्वारा द्वन्द पर्ूण्ा रुपमा समाधान भई दीगो र स्थायी शान्ति स्थापना हुनेमा पर्ूण्ा विश्वस्त हुन पुगेका छन् । यसैका लागि धर्ैयताका साथ प्रतिक्षारत भएको अवस्थामा सत्तारुढ सात दल र नेपाल कम्युनिष्ट पार्टि -माओवादी) बीच यही असोज २२ गते हुन लागेको शीखर वार्तालाई दुवै पक्षले इमान्दारिपर्ूवक अन्तिम टुंगोमा पुर्‍याएर दीगो र स्थायी शान्ति स्थापनाको कार्यमा विश्वमै उदाहरण बनि नेपाल र नेपालीको छवि उच्च एवं उदाहरणीय बनाउनुका साथै देशमा स्थायी शान्ति र राजनीतिक समस्याको छिनोफानो गर्दै आर्थिक सामाजिक विकासको गति अघि बढाउन महासंघ सम्बन्धित सबैपक्षसंग आग्रह गर्दछ ।

शान्तिपर्ूण्ा वार्ताद्वारा द्वन्द समाधान गरी देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै सबै पक्ष मिलि सम्पर्ूण्ा शक्ति आर्थिक-सामाजिक विकासमा लगाउन सक्नु पर्ने र सम्पर्ूण्ा जनता यसैको प्रतिक्षामा बस्दा बस्तै पनि वार्ता टुंगोमा पुग्न अत्यन्त ढिलाई भई शान्ति स्थापना प्रक्रिया लम्बिदै जानुले आम जनताका साथै उद्योगी व्यवसायी, सत्तारुढ दलहरु, नेकपा -माओवादी) लगायत कुनै पनि राजनीतिक दललाई हितकर भएको देखिदैन । त्यसैले द्वन्द समाधानको एक मात्र विकल्प वर्तमान शिखर वार्तालाई अपूरै छाड्ने, पुनः परसार्ने, लम्ब्याउने जस्ता कार्य नगरी जनताको भावना र मर्म अनुरुप सहमति हुन बांकी सबै विषयलाई समेट्ने गरी वार्तालाई अन्तिम टुङ्गोमा पुर्‍याई परिणाममूखी र सफल बनाउनु पर्ने दृढ धारणा निजी क्षेत्र लगायत आम नेपालीको रहेको कुरामा समेत महासंघ जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.