»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल आकर्षक पर्यटक एवं लगानी गन्तव्यको रुपमा चिनाउन चिनियाँ एक्स्पो उपयोगी


मितिः २०६३/६/२२

चिनियां वाणिज्य मन्त्रालय, अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry & Commerce) र हुनान उद्योग वाणिज्य संघ (Hunan CCI) को आयोजनामा चीनको हुनान (Hunan) प्रान्तको चाङ्गशा (Changsha) शहरमा आयोजित वृहत औद्योगिक व्यवसायिक मेला (Expo Central China 2006) मा नेपालको सहभागिता उपलब्धिमूलक भएको छ ।

चिनिया“ उपप्रधानमन्त्रीद्वारा उदघाटीत उक्त मेलामा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष एवं नेपाल-चीन गैर सरकारी सहयोग मञ्च (Nepal-China Non Governmental Cooperation Forum) का संयोजक कुशकुमार जोशीको नेतृत्वमा एघार सदस्यीय प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज १० गतेदेखि १२ गते (26-28 September 2006) सम्म आयोजित उक्त मेलामा नेपाल तथा नेपाली उत्पादन र सेवा, लगानीका अवसर एवं पर्यटन आकर्षण सम्बन्धमा समेत प्रस्तुतिकरण गरिएको थियो । यस क्रममा प्रतिनिधिमण्डलका नेता जोशीले "बैदेशिक प्रत्यक्ष लगानी नीति एवं क्षेत्र तथा लगानीका अवसर" सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

साथै उहांले "नेपाल पर्यटक तथा लगानी गन्तव्य" को रुपमा गर्नु भएको प्रस्तुतिकरणलाई चिनिया“ व्यवसायिक समूदायले रुची देखाएका थिए भने चिनियाँ सञ्चार माध्यमहरुले सो बिषयलाई महत्व दिएका थिए ।

यसैगरी प्रतिनिधिमण्डलका सदस्य एवं स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका कार्यकारिणी समितिका सदस्य ज्ञानेन्द्र लाल प्रधानले "नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसर" बिषयमा गर्नु भएको प्रस्तुतिलाई पनि चिनिया“हरुले रुचिपूर्वक लिएका थिए ।

सो प्रस्तुतिकरण सम्बन्धमा अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) का उपाध्यक्ष सि बोयाङ्ग (Xie Boyang) ले मन्त्व्य व्यक्त गर्नु भएको थियो ।

सो मेलामा भएको सहभागिताबाट चिनियाँ उद्यमी व्यवसायी र चिनिया“ सञ्चार माध्यमहरु बीच नेपाललाई पर्यटक एवं लगानी गन्तव्यको आकर्षण स्थलका रुपमा परिचित गराउन महासंघको उक्त प्रतिनिधिमण्डल सफल भएको छ ।

नेउवामहासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (ACFIC) द्वारा आयोजना गरिने आगामी कार्यक्रमहरु बारे समेत उक्त मेलाका अवसरमा दुई पक्ष वीच छलफल भएको थियो ।

सो प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा तुल्सीपुर उद्योग वाणिज्य संघका अध्यक्ष अम्मर राज आचार्य तथा भूतपूर्व अध्यक्ष उत्तम कुमार श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघको कार्यकारिणी समितिका सदस्यद्वय सिद्धिलाल श्रेष्ठ र प्रमोद श्रेष्ठ, हङ्गकङ्ग-नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष, साना जलविद्युत विकास संघ नेपालका अध्यक्ष हरि वैरागी दाहाल, गौतम बुद्ध जलविद्युत कम्पनीका उपाध्यक्ष भरतमणि पौडेल, इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रा. लि.का अध्यक्ष राकेश कुमार अग्रवाल र महासंघका वरिष्ठ अधिकृत अरुण कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.