»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राष्ट्रिय संघर्ष समितिको वैठकद्वारा विभिन्न निर्णयहरु


मितिः २०६३/६/२३

नेपाल उद्योग वाणिज्य महासंघद्वारा हालै वीरगंजमा आयोजित वृहत राष्ट्रिय भेलाद्वारा गठित राष्ट्रिय संघर्ष समितिको वैठक समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको सभापतित्वमा आज महासंघको सचिवालयमा बस्यो ।

वैठकले वीरगंज घोषणा पत्रमा उल्लेखित मागहरुलाई पूरा गर्ने क्रममा आगामी दिनमा गर्ने संर्घषका कार्यक्रमहरु माथि विस्तृत छलफल गर्‍यो ।

साथै वैठकले सातै राजनीतिक दल र नेकपा माओवादी बीच भई रहेको शिखर वार्ताको सफलताको कामना सहित निजी क्षेत्रले उठाएका मागहरु (क) शान्ति सुरक्षा र कर चन्दा बारे (ख) ट्रेड युनियन र श्रम विवाद बारे, (ग) ट्रक सिण्डिकेट प्रथाको विवाद बारे, (घ) र्फम/दर्ता नवीकरण सिफारिश बारे र (ङ) वित्तिय तथा बैंकिङ्ग (रुग्ण उद्योग समेतको समस्या) बारे पनि उक्त वार्तामा गम्भिर ध्यानाकृष्ट होस् भन्ने पनि माग गर्‍यो ।

वैठकले संर्घषका आगामी कार्यक्रमहरुलाई प्रभावकारी र सशक्त रुपमा अगाडि बढाउन महासंघका अध्यक्ष चण्डिराज ढकालको संयोजकत्वमा "कोर ग्रुप गठन" सहित वीरगंज घोषणालाई सशक्त रुपमा अघि बढाउन आगामी हप्ता एक दिन नेपाल अधिराज्यभरका सम्पूर्ण उद्योग व्यवसाय एवं कारोवार बन्द गर्ने र सोबाट पनि मागहरु पूरा नभएमा संर्घषका अझ सशक्त कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.