»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका तृतिय उपाध्यक्षद्वारा धादिङ उवासंघको साधारण सभा उदघाटन


मितिः २०६३/६/२६

नेपाल उद्योग वाणिज्य महासंघका तृतिय उपाध्यक्ष आजाद श्रेष्ठले धादिङ उद्योग वाणिज्य संघको १३ औं वाषिर्क साधारण सभा तथा पाँचौ अधिबेशनको आज धादिङबेशीमा उदघाटन गर्नु भयो ।

सो कार्यक्रमलाई संवोधन गर्नुहुंदै उपाध्यक्ष श्रेष्ठले सरकार तथा राजनीतिक दलहरुबाट निजी क्षेत्रले बारम्बार उठाउंदै आएको औद्योगिक अशान्ति, चन्दा आतंक, सिण्डिकेट, श्रम विवाद, वैकिङ लगायतका समस्या एवं मागहरुप्रति कुनै सुनुवाई नभएपछि निजी क्षेत्र बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले यस क्षेत्रका मागहरु पुरा गर्न वाध्य भएर विरोधका कार्यक्रमहरु ल्याएको र यही क्रममा यही असोज ३१ गते मंगलवार आव्हान गरिएको अधिराज्यव्यापी आम हड्ताल कार्यक्रमलाई सफल पार्न स्थानीय उद्योगी व्यवसायीलाई आव्हान गर्नु भयो ।

उपाध्यक्ष श्रेष्ठले तरकारी फलफूल जस्ता व्यवसायिक कृषि उत्पादनका लागि उर्वर क्षेत्रको रुपमा रहेको धादिङ जिल्लामा व्यवसायिक कृषि उत्पादनका लागि महासंघले अघि सारेको एक गाउं एक उत्पादनको अवधारणा अनुरुप जानु पर्ने सुझाव दिंदै संघले अघि बढाएका कार्यक्रमहरुलाई महासंघले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

साधारण सभाको उद्घाटन समारोहमा मध्यमाञ्चल क्षेत्रिय प्रशासक संकरप्रसाद पाण्डे र प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले जिल्लाका आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि संघले ल्याउने कार्यक्रमहरुलाई साझेदारीको भावना अनुसार सहयोग गर्ने जानकारी गराउनु भयो । स्थानीय वुद्धिजीवी, राजनीतिज्ञ, कार्यालय प्रमुख र विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले पनि सो अवसरमा शुभ-कामना प्रकट गर्नु भएको थियो ।

सभापतिको आशनबाट संघका अध्यक्ष ध्रुव थापाले जिल्लाको आर्थिक विकासमा संघले गरेका प्रयासका वारे प्रकाश पार्दै दीगो शान्ति र विकासको अपरिहार्यतामा जोड दिनु भयो । सो साधारण सभाले भोली संघको नयां नेतृत्व चयन गर्नेछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.