»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायिक ऐक्यवद्धताको लागि असोज ३१ गते हुने आम हड्ताल सम्बन्धमा महासंघको आव्हान


नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघको आतिथ्यमा हालै वीरगञ्जमा आयोजित "वृहत राष्ट्रिय भेला" द्वारा पारित वीरगञ्ज घोषणामा उल्लेखित निम्न मागहरु पूरा गर्न महासंघले सम्बन्धित निकायहरुमा बारम्बार अपिल गर्दा पनि नेपाल सरकार र नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरुको कुनै ध्यान नजानुको साथै गम्भिर नभएको सम्पूर्ण क्षेत्रले महशूस गरेको छ ।

मागहरु

क) शान्ति सुरक्षाको प्रत्याभूति सहित दोहोरो कर चन्दा बन्द गर्नुपर्ने ।

ख) उद्योग, व्यापार व्यवसायमा विद्यमान अशान्ति र श्रम विवाद समाधान गर्नुपर्ने ।

ग) ट्रक सिण्डिकेट प्रथाको तुरुन्त अन्त्य गर्नुपर्ने ।

घ) फर्म दर्ता र नवीकरणका लागि जिल्ला उद्योग वाणिज्य संघहरुको सिफारिश पूर्ववत कायम गर्नुपर्ने ।

ङ) वित्तिय तथा बैंकिङ्ग क्षेत्रका अव्यवहारिक पक्षहरुलाई समाधान गरिनुका साथै नेपाल उद्योग वाणिज्य महासंघबाट माग भए अनुसार कृषि व्यवसाय, साना उद्योग र रुग्ण उद्योगका समस्या समाधान सम्बन्धमा चालू आ.व.को बजेटमा उल्लेखित प्रावधान सरकारबाट कार्यान्वयन नभएकोले सो तत्काल कार्यान्वयन गरिनुपर्ने ।

निजी क्षेत्रका उपरोक्त जायज मागहरु प्रति बेवास्ता गरि सम्बन्धित पक्षहरु उदासिन रहेकाले सो मागहरुको समर्थनमा "व्यवसायिक ऐक्यवद्धता" को लागि यही २०६३ साल असोज ३१ गते मंगलबार विहान ६ बजे देखि बेलुका ६ बजेसम्म आम हड्ताल गर्ने निर्णय राष्ट्रिय संघर्ष समितिले गरेको छ ।

तसर्थ, उक्त दिन अधिराज्यभरका सम्पूर्ण जिल्ला/नगर स्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण औद्योगिक, व्यापारिक संघ/संस्थासंग सम्बन्धित उद्योग व्यापार व्यवसाय र प्रतिष्ठानहरु निजी तथा भाडाका सम्पूर्ण यातायातका साधनहरु (औषधी, एम्बुलेन्स, दमकल, शववाहन जस्ता अत्यावश्यक वस्तु र सेवा बाहेक) बन्द गरी "व्यवसायिक ऐक्यवद्धताको लागि आयोजित आम हड्ताल" सफल पार्न महासंघ सम्पूर्ण सदस्य संघ/संस्था, उद्योग प्रतिष्ठान लगायत नेपाल पत्रकार महासंघ एवं अन्य सम्पूर्ण व्यवसायिक संघ/संस्थाहरु र नागरिक समाजका साथै सम्पूर्ण जनसमूदायसंग हार्दिक आव्हान गर्दछ ।

महानिर्देशक
नेपाल उद्योग वाणिज्य महासंघ
टेकू, काठमाडौं

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.