»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष ढकालद्वारा मुलुकमा शान्ति स्थिरता सहअस्तित्व मूल्य र मान्यता स्थापित गर्न समेत निजी क्षेत्र आन्दोलनमा अग्रसर


मितिः २०६३/६/२८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले मुलुकमा शान्ति, स्थिरता, सहअस्तित्व, मूल्य र मान्यता स्थापित गर्ने प्रयास स्वरुप महासंघले आगामी मंगलवार आम हडतालको आव्हान गरेको बताउनु भयो ।

देशमा मूल्य र मान्यता स्थापित हुन नसकेकै कारण समेत उद्योग व्यवसाय तहसनहस भएकोले यस क्षेत्रका समस्या समाधानको उपायको खोजीमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगञ्ज उद्योग वाणिज्य संघको आतिथ्यमा हालै वीरगञ्जमा "वृहत राष्ट्रिय भेला" गर्नु परेको र सो भेलाद्वारा पारित वीरगञ्ज घोषणामा उल्लेखित मागहरु पूरा गर्न महासंघले सम्बन्धित निकायहरुमा बारम्बार आग्रह गर्दा पनि नेपाल सरकार र नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरुको कुनै ध्यान नजानुको साथै गम्भिर नभएको सम्पूर्ण क्षेत्रले महशूस गरेको उल्लेख गर्नु भयो ।

निजी क्षेत्रका जायज मागहरु प्रति बेवास्ता गरि सम्बन्धित पक्षहरु उदासिन रहेकाले सो मागहरुको समर्थनमा "व्यवसायिक ऐक्यवद्धता" को लागि समेत आम हड्ताल गर्ने निर्णय वीरगंज भेलाद्वारा गठित राष्ट्रिय संघर्ष समितिले गरेको बताउनु भयो ।

लोकतान्त्रिक आन्दोलनमा व्यवसायीहरुको ठूलो सहयोग रहेकोमा अहिले त्यसको सही मूल्याङ्कन हुन सकेन र आर्थिक मुद्दाले पनि महत्व पाउन सकेन त्यसैले महासंघ वाध्य भएर हाल सांकेतिक आन्दोलनमा उत्रिएको अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

उद्योग वाणिज्य संघ बुटवलको ५३ औं वार्षिक साधारण सभा तथा १९ औं अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै उहांले नयाँ नेपालको निर्माण गरी आर्थिक विकासलाई मूर्तरुप दिन महासंघको आन्दोलन फलदायी हुने दावी गर्दै यसमा सहयोग गर्न सबै पक्षसंग उहांले आग्रह गर्नु भयो ।

यसै क्रममा उहांले उक्त दिन अधिराज्यभरका सम्पूर्ण जिल्ला/नगर स्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण औद्योगिक, व्यापारिक संघ/संस्थासंग सम्बन्धित उद्योग व्यापार व्यवसाय र प्रतिष्ठानहरु निजी तथा भाडाका सम्पूर्ण यातायातका साधनहरु (औषधी, एम्बुलेन्स, दमकल, शववाहन जस्ता अत्यावश्यक वस्तु र सेवा बाहेक) बन्द गरी "व्यवसायिक ऐक्यवद्धताको लागि आयोजित आम हड्ताल" सफल पार्न सम्पूर्ण सदस्य संघ/संस्था, उद्योग प्रतिष्ठान लगायत नेपाल पत्रकार महासंघ लगायतका सबै सञ्चारकर्मी एवं अन्य सम्पूर्ण व्यवसायिक संघ/संस्थाहरु र नागरिक समाजका साथै सम्पूर्ण जनसमूदायसंग हार्दिक आव्हान समेत गर्नु भयो ।

समावेशी लोकतन्त्र र अर्थतन्त्रलाई महासंघले अंगालिसकेको स्पष्ट पार्दै उहांले राजनीतिक दलका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार हुनु आवश्यक भएको पनि उहांले उल्लेख गर्नु भयो ।

महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीले उद्योगी व्यापारीहरुले मुलुकमा कानूनी शासन चाहेको भएपनि अहिले ठाउं ठाउंमा चन्दा असूली र स्वतन्त्रताको हनन भइरहेको बताउनु भयो ।

नेपालमा धनी र गरिब बीच देखिएको असमानता भविष्यका लागि घातक हुने बताउंदै उहांले तत्कालै आर्थिक सुधारका कार्यक्रम ल्याउन आवश्यक भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष निर्मल प्रसाद लाकौलले पश्चिम नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउन संघले विषम परिस्थितिमा पनि विभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्नु भयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री बालकृष्ण खांड, सांसद सूर्य प्रसाद प्रधान, पूर्व नगरप्रमुख भोज प्रसाद श्रेष्ठ, सिर्द्धार्थनगर उवासंघका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्र.जि.अ. ध्रुब राज वाग्ले, नगरपालिकाका सचिव नरेन्द्र बराल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बु लामा, व्यवसायी राम बहादुर के.सी. लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन समारोहको अन्तमा संघका उपाध्यक्ष शंकर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव रोहित राज क्षेत्री गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.