»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राष्ट्रिय संघर्ष समितिद्वारा आयोजित बन्द कार्यक्रम यथावत


मितिः २०६३/६/३०

नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगञ्जमा आयोजित "वृहत राष्ट्रिय भेला" द्वारा पारित वीरगञ्ज घोषणामा उल्लेखित मागहरु पूरा गर्न नेपाल सरकार र नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरुलाई बारम्बार आग्रह गर्दा पनि कार्यान्वयन नभएको सम्पूर्ण क्षेत्रले महशूस गरी यसबारे सम्वद्ध पक्षलाई गम्भिर ध्यानाकर्षण गराउन सो मागहरुको समर्थनमा वीरगंज भेलाद्वारा गठित राष्ट्रिय संघर्ष समितिले "व्यवसायिक ऐक्यवद्धता" को लागि भोली असोज ३१ गते मंगलवार विहान ६ बजे देखि बेलुका ६ बजेसम्म बन्द गर्ने निर्णय यथावत रहेको र सो फिर्ता नभएको व्यहोरा पनि संघर्ष समिति स्पष्ट गर्न चाहान्छ ।

उक्त बन्द कार्यक्रम कसैलाई जबरजस्ती यातायात बन्द गराउन र दैनिक उपभोग्य वस्तु व्यापार व्यवसाय गर्ने लगायतका काम बन्द गर्न/गराउन नभई सम्पूर्ण उद्योग व्यवसाय लगायत समस्त निजी क्षेत्रको हक हितसंग सम्बन्धित समस्या निराकरणको लागि भएको संघर्ष समिति स्पष्ट पार्न चाहन्छ ।

सो संघर्ष समितिले सम्पूर्ण उद्योगी व्यवसायी समूदायलाई भोली असोज ३१ गते मंगलवार बिहान ८ बजे बसन्तपुर डबलीमा भेला हुन पनि आग्रह गरेको छ ।

साथै उपभोक्ता हित संरक्षण मञ्च नेपालले सम्मानित पुनरावेदन अदालत पाटनमा निषेधाज्ञाको लागि निवेदन दायर गरी अन्तरिम आदेश जारी भएको भन्ने सम्बन्धमा संघर्ष समितिले आव्हान गरेको उक्त कार्यक्रम जवरजस्ती बन्द गराउने तथा आम उपभोक्ताको हित विपरित नभई मर्यादित र शान्तिपूर्ण हुने व्यहोरा समेत राष्ट्रिय संघर्ष समिति सम्बन्धित सबैमा स्पष्ट पार्न चाहान्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.