»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बन्द कार्यक्रम अधिराज्यभर सफलतापूर्वक सम्पन्न संघका पदाधिकारी/सदस्यमाथि गरिएको आक्रमण एवं अभद्र व्यवहारको घोर भर्त्सना


मितिः २०६३/६/३१

नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगञ्जमा हालै आयोजित "वृहत राष्ट्रिय भेला" द्वारा पारित वीरगञ्ज घोषणामा उल्लेखित मागहरु पूरा गराउने क्रममा गठित राष्ट्रिय संघर्ष समितिको आव्हानमा आज गरिएको शान्तिपूर्ण बन्द कार्यक्रम अधिराज्यभर सफलतापूर्वक सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने राष्ट्रिय संघर्ष समिति र कोर ग्रुपका सदस्यहरु, उपत्यका संघर्ष समिति, महासंघका सम्पूर्ण जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु, एशोसिएट सदस्यहरु लगायत सम्पूर्ण औद्योगिक व्यापारिक संघ/संस्था, उद्योग प्रतिष्ठान, स्वास्थ्य, शिक्षा एवं नेपाल पत्रकार महासंघ लगायत सम्पूर्ण समाचार माध्यम तथा व्यवसायी संघ/संस्था र नागरिक समाजका साथै सम्पूर्ण जनसमूदाय प्रति महासंघ हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग प्राप्त भई रहने विश्वास व्यक्त गर्दछ ।

यद्यपी सो बन्दको क्रममा पोखरामा शान्तिपूर्ण तवरले सडकमा ओर्लिएका उद्योगी व्यवसायी माथि गण्डकी ट्रक संचालक समितिका पदाधिकारीको प्रत्यक्ष निर्देशन र संलग्नतामा हातियारधारी टोलीले सांघातिक आक्रमण गर्दा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु समेत गरी आधा दर्जन भन्दा बढीलाई गंभीर घाइते बनाइएको र यस क्रममा संघका कार्यकारिणी समितिका सदस्य शिवजी कोइरालाको स्थानीय अस्पतालमा उपचार हुन नसकी काठमाडौं समेत ल्याउनु परेको अवस्था प्रति चिन्ता व्यक्त गर्दै सो घट्नाको महासंघ घोर भत्र्सना गर्दै त्यस्ता गतिविधि पुनः दोहोरिन नदिनुका साथै कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

त्यसैगरी सोही बन्दको क्रममा हेटौंडामा शान्तिपूर्ण रुपमा उद्योग व्यवसाय बन्द गरि रहेको अवस्थामा नारायणी यातायात व्यवसायी संघका पदाधिकारी एवं सदस्यहरु समेतले लाठी र हतियार सहित आएर उद्योग खोल्न दबाब दिनुको साथै अशोभनीय नारा जुलुस गर्दै मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं सदस्यहरु प्रति अभद्र व्यवहार गरी संघको माइक समेत लुटि तोडफोड गर्दै आतंकको वातावरण सृजना गरेकोमा समेत महासंघको त्यसको घोर भर्त्सना गर्दछ ।

साथै उपरोक्त दुवै घटनाका आक्रमणकारीहरुलाई कडा कारवाही गर्नुका साथै घाइतेको उपचार एवं क्षतिपूर्तिको व्यवस्था गराउन समेत महासंघ सरकारसंग जोडदार माग गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.