»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायिहरु माथिको आक्रमण एवं लुटपाटको महासंघद्वारा घोर भत्र्सना सहित शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिको माग


मितिः २०६३/६/३१

नेपाल उद्योग वाणिज्य महासंघको सक्रिय सदस्य बीरगंज उद्योग वाणिज्य संघको सदस्य बीरगंजको अलखिया रोडस्थित अन्नपूर्ण किराना भण्डारका मालिक अनिल वर्णवाल माथि हिजो सांझ हतियारधारी समूहले गोली प्रहार गरी सख्त घाइते बनाउनुको साथै उहांको साथबाट नगद रुपियाँ समेत लुटेर लगेको घटनाप्रति महासंघ अत्यन्त चिन्तित भएको छ ।

त्यसैगरी हिजोनै बीरगंजकै आदर्शनगरस्थित व्यापारी अरुण जैनको घरमा गरिएको लुटपाट तथा आक्रमण, वीरगंजको व्यापारिक स्टोरमा गरिएको वम आक्रमणका साथै काठमाडौंको मुख्य व्यापारीक क्षेत्र सुन्धाराको लाइफ केयर अस्पतालको नजिकबाट ज्ञानुलाल श्रेष्ठलाई आक्रमण गरी उनको साथबाट करिव ४२ लाख रुपियाँ लुटपाट गरिएको, जोरपाटीस्थित सर्वसाधारणको घरमा पसी गरिएको लुटपाट जस्ता समाचारले महासंघलाई थपचिन्तित तुल्याएको छ । महासंघ घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै घटनाको घोरनिन्दा एवं भत्र्सना गर्दछ ।

अधिराज्यका विभिन्न जिल्लामा मात्र नभै राजधानीकै सुरक्षा व्यवस्था समेत अत्यन्त कमजोर भएको बेलामा निजी क्षेत्रले निरन्तर उठाउँदै आएको शान्ति सुरक्षाको गंभीर मुद्दालाई सरकारले उचित ध्यान नदिंदा यस्ता घटनाहरु वारंवार दोहोरिने गरेको ठहर महासंघको छ । अतः यस्ता घटनाहरु पुनः दोहोरिन नदिने तर्फनेपाल सरकारको गंभीर ध्यानाकर्षण गराउंदै घटनामा संलग्न दोषीहरु उपर तत्काल कडाभन्दा कडा कारवाही गरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघ जोडदार माग गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.