»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका पूर्व अध्यक्ष मुल्मीद्वारा विभिन्न जिल्ला उवासंघहरुको भ्रमण तथा समसामयिक वस्तुस्थिति सम्बन्धमा अवगत


मितिः २०६३/७/३

नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व अध्यक्ष आनन्दराज मुल्मीले हालै पाल्पा उद्योग वाणिज्य संघको भ्रमण गर्नु भई सो संघका अध्यक्ष तथा पदाधिकारीहरुसंग भेटघाट गरी संघको गतिविधि र पाल्पाको व्यापारिक स्थिति बारे छलफल गर्नु भएको छ ।

उक्त भेटघाटका अवसरमा सो संघको सकृयतामा तानसेनमा संचालन हुन लागेको खानेपानी व्यवस्थापन र सदरमुकाममा रहेका सरकारी कार्यालयहरुको पूननिर्माणको स्थिति बारे पनि व्यापक छलफल भएको थियो । भेटघाटमा महासंघका कार्यकारिणी समितिका सदस्य चन्द्रकृष्ण कर्माचार्यको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी महासंघका पूर्व अध्यक्ष मुल्मीले नवलपरासी उद्योग वाणिज्य संघको हालै भ्रमण गर्नु हुंदा संघद्वारा एक छलफल कार्यक्रम आयोजना गरियो र त्यस अवसरमा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अग्रहरीले जिल्ला उवासंघका गतिविधि, भोग्नु परेका समस्याहरु र देखा परेका चुनौति बारे प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा महासंघका पूर्व अध्यक्ष मुल्मीले हाल देशमा विद्यमान परिस्थिति, उद्योगी व्यवसायीहरुका चुनौती, संघले खेल्नुपर्ने भूमिका वारे प्रकाश पार्नु हुंदै महासंघसंग निकट सर्म्पर्कमा रही समस्या समाधान गर्न चनाखो हुनुपर्ने राय व्यक्त गर्नु भयो भने महासंघका कार्यकारिणी समितिका सदस्य चन्द्रकृष्ण कर्माचार्यले महासंघले हाल निर्वाह गरिरहेको भूमिका तथा नीति बारे आफ्नो धारणा राख्नु भएको थियो ।

सो संघका भूतपूर्व अध्यक्ष एवं पदाधिकारी र सदस्यहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा महासंघको कार्यक्रमलाई सफल पार्न अझ सक्रियता अपनाउनु पर्ने सम्बन्धमा समेत समेत छलफल भएको थियो ।

यसैगरी पूर्व अध्यक्ष आनन्दराज मुल्मीले कञ्चनपुर उद्योग वाणिज्य संघको हालै निरीक्षण भ्रमण गर्नु भयो ।

निजी क्षेत्रले वहन गर्नु पर्ने सामाजिक उत्तरदायित्व र व्यवसायिक आचार संहिता लागू गर्न सकृयतापूर्वक लाग्न तथा संघको निर्वाचन छिटो सम्पन्न गर्न समेत उपस्थित सवैलाई सो अवसरमा आयोजित छलफल कार्यक्रममा आग्रह गर्नु भयो ।

त्यस अवसरमा महासंघमा कार्यकारिणी समितिका सदस्य लोक विक्रम थापाले संघमा सवै मिलेर निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो ।

संघका कार्यकारिणी समितिका सदस्य तथा कञ्चनपुर उद्योग वाणिज्य संघका भू.पू. अध्यक्ष ऋषिराम खरेल र हेम विक्रम थापाले पनि विद्यमान समस्या छिटो समाधान गर्न २०६३ कार्तिक २९ गते निर्वाचनको तिथी तोकिएको जानकारी गराउनु भएको थियो ।

त्यस्तै धनगढी भ्रमणका अवसरमा महासंघका पूर्व अध्यक्ष मुल्मीले कैलाली उद्योग वाणिज्य संघमा अध्यक्ष तथा महासंघका कार्यकारिणी समितिका सदस्य गोपाल हमाल, संघका भूतपर्ूव अध्यक्ष दामोदर भट्ट लगायत अन्य पदाधिकारी तथा सदस्यहरुसंग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गर्नु भएको थियो ।

सो अवसरमा महासंघका पूर्व अध्यक्ष मुल्मीले निजी क्षेत्रले बहन गर्नुपर्ने सामाजिक उत्तरादायित्व र व्यवसायिक आचार संहिता पालना गर्नुपर्ने बारे प्रकाश पार्नु भएको थियो ।

कैलाली उद्योग वाणिज्य संघले आगामी मंसीर २२ गतेदेखि पहिलो पटक आयोजना गर्न लागेको औद्योगिक तथा व्यापार मेला, विमानस्थल निर्माण तथा कैलालीको समग्र विकासमा भईरहेका प्रयास सम्बन्धमा समेत उक्त अवसरमा व्यापक छलफल भएको थियो ।

त्यसैगरी महासंघका पूर्व अध्यक्ष मुल्मीले नेपालगञ्ज उद्योग वाणिज्य संघको हिजै मात्र भ्रमण गर्नु भयो । त्यस अवसरमा पूर्व अध्यक्ष मुल्मीले देशको विद्यमान परिस्थिति, व्यवसायिक वातावरण, महासंघले खेलिरहेको भूमिका, सरकार र राजनीतिक पार्टिहरुसंगको सम्बन्ध, माओवादीले संचालन गरिरहेको गतिविधि, निजी क्षेत्रले वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व एवं भ्रष्टाचार विरुद्धको गतिविधि बढाउनु पर्ने बारे प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा महासंघको कार्यकारिणी समितिका सदस्य अच्युत प्रर्साईले महासंघले अवलम्बन गरिरहेको नीति र गतिविधि बारे तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्यले वर्तमान स्थितिमा संघले खेलिरहेको भूमिका र भोग्नु परेको समस्या बारे प्रकाश पार्नु भएको थियो ।

त्यसैगरी सो अवसरमा उपस्थित पदाधिकारीहरु तथा सदस्यहरुले चेम्बर कानूनको निर्माणमा सरकारलाई दवाव दिनु पर्ने, सुरक्षा व्यवस्था सुदृढ हुनु पर्ने र महासंघले प्रभावकारी भूमिका खेल्नु पर्ने बारे राय व्यक्त गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.