»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाली र पोलीस व्यवसायी बीच द्विपक्षीय व्यापार विस्तारका विषयमा छलफल


मितिः २०६३/७/१०

नेपाल र पोल्याण्ड बीच व्यापार विस्तार, लगानी प्रवर्द्धन तथा प्रविधि आदान प्रदानको संभावना अधिक रहेकोले सोका लागि दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले अझ सशक्त भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

नेपाल-पोल्याण्ड व्यापार प्रवर्द्धन विषयमा छलफल गर्न पोलिस चेम्वर अफ कमर्सका प्रोजेक्ट म्यानेजर तादीयुज स्वेतकोस्की (Tadeusz Swiatkowski, Project Manager, Polish Chamber of Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको पोलिस व्यवसायीक प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायी बीच आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको छलफल कार्यक्रममा महासंघ र पोलिस चेम्वर अफ कमर्स जस्ता संस्थाहरुले यसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न जोड दिइयो ।

सो अवसरमा द्विपक्षीय व्यापारको आंकडा अत्यन्त कम रहेको अहिलेको अवस्थामा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु बीच भएको अन्तरक्रियाबाट द्विपक्षीय व्यापार विस्तारका लागि आगामी दिनमा चाल्नु पर्ने रणनीति तय गर्न सजिलो हुने विश्वास समेत व्यक्त गरियो ।

सो अवसरमा पोलिस प्रतिनिधिमण्डलको स्वागतका क्रममा महासंघका अध्यक्ष चण्डिराज ढकालले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका माथि प्रकाश पार्दै नेपालमा लगानीका क्षेत्रहरु पर्याप्त रहेको र भारत तथा चीनमा समेत नेपालमा निर्मित वस्तुहरुको सहज निर्यात सुविधा रहेकोले पोलिस लगानी कर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गर्नु भयो । साथै उहांले दुई देशका राष्ट्रिय स्तरका उद्योग वाणिज्य महासंघहरु वीच आर्थिक सहयोग विस्तार सम्बन्धमा सहमति पत्र (MOU) गरी कार्य प्रारम्भ गर्नुपर्नेमा जोड दिनु भयो ।

विदेशी लगानीका लागि सरकारी नीति सहज र सरल रहेको स्पष्ट पार्दै अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने पोलिस लगानीकर्ताहरुलाई सबै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको विश्वास समेत दिलाउनु भयो । उहांले नेपालमा पर्यटन, जलविद्युत, यातायात, कृषि, सेवा क्षेत्रहरुमा लगानीको पर्याप्त संभावना रहेको पनि जानकारी गराउनु भयो ।

सो अवसरमा टोली नेता स्वेतकोस्कीले आफनो भ्रमणबाट पोल्याण्ड-नेपाल आर्थिक सम्बन्ध विस्तारका लागि नयां संभावनाको खोजीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दुवै देशका व्यवसायी बीच भएको छलफल कार्यक्रम अत्यन्त महत्वपूण रहेको बताउनु भयो । उहांले पोल्याण्ड नेपालसंग आर्थिक सम्बन्ध विस्तारका लागि अत्यन्त इच्छुक रहेको खुलासा गर्दै लगानी तथा प्रविधि आदान प्रदानका क्षेत्रमा थप छलफल गर्न भविष्यमा आफ्नो संस्थाका अध्यक्षको नेतृत्वमा पोलिस प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने जानकारी पनि गराउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्य दुत हुलासचन्द गोल्छाले पोलिस चेम्वरबाट भएको यो भ्रमण अत्यन्त महत्वपर्ूण्ा भएको र यसले आगामी दिनमा द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास प्रकट गर्नु भयो । महावाणिज्यदुत गोल्छाले पोल्याण्डले नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरुमा आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि देखाएको सक्रियताबाट नेपालले पनि पर्याप्त लाभ लिन सक्ने उल्लेख गर्नु हुदै द्विपक्षीय व्यापार, लगानी एवं पर्यटन प्रवर्द्धनका लागि द्विपक्षीय भ्रमण र सूचनाको आदान प्रदानलाई तिब्रता दिनु पर्नेमा जोड दिनु भयो ।

नेपालका लागि पोल्याण्ड दूतावासका द्वितीय सचिवले सो अवसरमा प्रस्तुत गर्नु भएको नेपाल-पोल्याण्ड बीच आर्थिक सम्बन्ध विस्तारका संभावना विषयक कार्यपत्रमा पोल्याण्डबाट नेपालमा हवाई तथा सडक यातायात, जलविद्युत, खानी तथा खाद्यजन्य उद्योगहरुको लागि आवश्यक सबै प्रकारका मेशीनरी तथा उपकरणमा सहयोग विस्तार गर्न सकिने संभावना औल्याइएको थियो । उक्त कार्यक्रममा महासंघका कार्यकारिणी समिति सदस्य, जिल्ला/नगर उवासंघका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.