»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एशिया प्रशान्त उद्योग वाणिज्य महासंघको ४० औं वाषिर्कोत्सव एवं २१ औं सम्मेलनमा नेपालको सहभागिता


मितिः २०६३/७/१२

एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry - CACCI) को ४० औं वाषिर्कोत्सव (40th Anniversary) तथा २१ औं सम्मेलन (21st Conference) ताईवानमा हुंदैछ ।

यही कार्तिक १३ देखि १६ गते (30 October – 2 November 2006) सम्म हुने उक्त कार्यक्रमहरुमा भाग लिन नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज त्यस तर्फ प्रस्थान गर्‍यो ।

नेपाल उद्योग वाणिज्य महासंघ - क्यासी (CACCI) को सदस्य रही आएको छ । क्यासीको उक्त वाषिर्कोत्सव विभिन्न कार्यक्रमहरुका साथ मनाइनुका साथै विगत एक वर्षको गतिविधिको समिक्षा सहित सो सम्मेलनले यस क्षेत्रका औद्योगिक व्यवसायिक समस्याको समाधान एवं व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तर तथा सदस्य राष्ट्रहरु बीच आर्थिक सम्बन्ध विस्तार, सूचना र भ्रमणको आदान प्रदान सम्बन्धमा विस्तृत छलफल गरि सदस्य राष्ट्रहरुलाई आर्थिक समृद्धि तर्फ अझ अग्रसर गराउन पहल गर्ने छ ।

सोही क्रममा क्यासी परिषदको ७१ औं वैठक (71st CACCI Council Meeting) आयोजना गरिनुका साथै यस अवसरमा अनिश्चित समयका व्यवसायिक चुनौति, प्रतिस्पर्धाका लागि आविष्कार, सूचना प्रविधि तथा विकास एवं जापान, कोरिया तथा ताइवानबाट लगानी आकर्षण सम्बन्धमा वृहत छलफल गरिने र क्यासीको युवा उद्यमी समिति, एशियन पर्यटन परिषद्, साना तथा मझौला उद्यम समिति, एशियाली केमिकल उद्योग परिषद्, एशियन टेक्स्टायल तथा तयारी पोशाक परिषद र महिला उद्यमी समूहका हुने बेग्ला बेग्लै सत्रहरुमा नेपाली प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रहि ती विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्नेछ ।

उक्त सम्मेलनका क्रममा महासंघका अध्यक्ष ढकालले कपडा तथा तयारी पोशाक परिषद् (Textile and Garment Council) को वैठकको सभापतित्व गर्नु हुंदै डब्लू.टि.ओ.को परिप्रेक्ष्यमा अल्प विकसित मुलुकको उत्पादनलाई विकसित मुलुकले विना महसूल प्रवेश दिन तथा प्राविधिक सहयोग प्रदान गर्न सहमति भैसकेका विषयलाई शीघ्र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु हुने छ ।

कार्यक्रमका सहभागीहरुबाट ताइवान स्थित सूचना उद्योग र कपडा अनुसन्धान सम्बन्धी संस्थाहरुका साथै छानिएका साना तथा मझौला उद्यमहरुको भ्रमणका साथै व्यवसायिक वार्ता समेत हुने छ ।

एशिया तथा प्रशान्त क्षेत्रका क्यासीका सदस्य उद्योग वाणिज्य महासंघ / संघ / संस्थाहरुको सहभागिता रहने उक्त कार्यक्रमका क्रममा नेउवामहासंघको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवर्द्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल गर्ने कार्यक्रम छ । यसरी उक्त सम्मेलन नेपालको लागि उपलब्धिमूलक हुने विश्वास गरिएको छ ।

महासंघको उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ, औद्योगिक प्रवर्द्धन समितिका सभापति प्रदीप जंग पाण्डे, कार्यकारिणी समितिका सदस्य सहदेव राजभण्डारी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष युवक राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त राज श्रेष्ठ, पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष काशी कुमार जोशी, बाग्लुङ्ग उद्योग वाणिज्य संघका महासचिव बसन्त कुमार श्रेष्ठ, एच.ए. कन्ष्ट्रक्सन प्रा.लि.का व्यवस्थापन निर्देशक हरि बाबु पन्त, पोखरा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक एल.वि. बानिया र महासंघका सहायक निर्देशक रतिस बस्नेत हुनु हुन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.