»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बस दुर्घटनाबाट भएको क्षतिप्रति महासंघ स्तब्ध


मितिः २०६३/७/१४

सल्यान जिल्लाको बाङ्गेखुरीबाट दाङ्गको तुलसीपुर तर्फआउंदै गरेको यात्रुवाहक बस गत शनिवार सल्यानको त्रिवेणी गा.वि.स. लुहाम बजार नजिक भण्टाखोलामा दुर्घटना भई ४२ जनाको दुःखद् निधन हुनुको साथै करिब ४५ जना गम्भिर घाइते भएको खबरले नेपाल उद्योग वाणिज्य महासंघ स्तब्ध भएको छ ।

यस दुःखद् घडि एवं यति ठूलो संख्यामा हुन गएको भयावह र अपुरणीय क्षति प्रति महासंघ गम्भिर चिन्ता व्यक्त गर्दै मृत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्नुका साथै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

साथै सो दुर्घटनामा परि घाइते भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ लाभको कामना गर्नुका अतिरिक्त यस प्रकार बराबर हुने गरेका यातायात दुर्घटनालाई न्यून गर्न सरकार एवं सम्बन्धित सबै पक्षले प्रभावकारी उपायहरु शीघ्राति शीघ्र अवलम्बन गर्नु पर्नेमा महासंघ जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.