»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















एशिया प्रशान्त उद्योग वाणिज्य महासंघको ४० औं वाषिर्कोत्सव एवं २१ औं सम्मेलन सम्पन्न


- स्थानीय संघहरुको प्रतिस्पर्धामा पोखरा उद्योग वाणिज्य संघ सर्वोत्कृष्ट -

मितिः २०६३/७/१६

एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry – CACCI) को ४० औं वाषिर्कोत्सव (40th Anniversary) तथा २१ औं सम्मेलन (21st Conference) ताईवानको ताईपेइमा सम्पन्न भयो ।

ताईवानका राष्ट्रपति चेन शु-बाइन (Chen Shui-Bian) ले हिजो सो समारोहको उद्घाटन गर्नु भएको थियो ।

उक्त सम्मेलनले सो महासंघको अध्यक्षमा चीनका हार्वे चाङ्ग (Harvey Chang) लाई आगामी दुई वर्ष अर्थात (२००६-२००८) का लागि सर्वसम्मतिले निर्वाचित गरेको छ ।

सोही सम्मेलनको सन्दर्भमा आयोजित स्थानीय उद्योग वाणिज्य संघहरुको दोश्रो प्रतिस्पर्धा (2nd Local Chambers Competition) मा पोखरा उद्योग वाणिज्य संघ सर्वोत्कृष्ट भई सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएकोछ ।

उक्त सम्मेलनका क्रममा आयोजित क्यासी परिषदको ७१ औं वैठक (71st CACCI Council Meeting) मा नेउवामहासंघका अध्यक्ष ढकालले कपडा तथा तयारी पोशाक परिषद् (Textile & Garment Council) को वैठकको सभापतित्व गर्नु हुंदै डब्लू.टि.ओ.को परिप्रेक्ष्यमा अल्प विकसित मुलुकको उत्पादनलाई विकसित मुलुकले विना महसूल प्रवेश दिन तथा प्राविधिक सहयोग प्रदान गर्न सहमति भैसकेका विषयलाई प्रभावकारी रुपमा शीघ्र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले साना तथा मझौला उद्यम विकास समिति (SME Development Committee) र औद्योगिक प्रबर्द्धन समितिका सभापति प्रदीपजंग पाण्डेले एशियाली केमिकल्स उद्योग परिषद् (Asian Chemicals Industry Council) को बैठकमा सो सम्बन्धमा नेपाली निजी क्षेत्रको अवधारणा व्यक्त गर्नु भयो ।

यही कार्तिक १३ देखि १६ गते (30 October - 2 November 2006) सम्म आयोजित उक्त समारोहका कार्यक्रमहरुमा नेपालको तर्फाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ - क्यासी (CACCI) को सदस्य रही आएको छ । क्यासीको उक्त वाषिर्कोत्सव विभिन्न कार्यक्रमहरुका साथ मनाइनुका साथै विगत एक वर्षो गतिविधिको समिक्षा सहित सो सम्मेलनले यस क्षेत्रका औद्योगिक व्यवसायिक समस्याको समाधान एवं व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तर तथा सदस्य राष्ट्रहरु बीच आर्थिक सम्बन्ध विस्तार, सूचना र भ्रमणको आदान प्रदान सम्बन्धमा विस्तृत छलफल गरि सदस्य राष्ट्रहरुलाई आर्थिक समृद्धि तर्फअझ अग्रसर गराउन पहल गर्नेमा जोड दिएकोछ ।

क्यासी परिषदको ७१ औं परिषद् वैठक (71st CACCI Council Meeting) मा अनिश्चित समयका व्यवसायिक चुनौति, प्रतिस्पर्धाका लागि आविष्कार, सूचना प्रविधि तथा विकास एवं जापान, कोरिका तथा ताइवानबाट लगानी आकर्षा सम्बन्धमा वृहत छलफल गरिनुको साथै क्यासीको युवा उद्यमी समिति, एशियन पर्यटन परिषद् र महिला उद्यमी समूहका बेग्ला बेग्लै सत्रहरुमा समेत नेपाली प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रह्यो ।

कार्यक्रमका सहभागीहरुबाट ताइवान स्थित सूचना उद्योग र कपडा अनुसन्धान सम्बन्धी संस्थाहरुका साथै छानिएका साना तथा मझौला उद्यमहरुको भ्रमणका साथै व्यवसायिक वार्ता समेत भएको छ ।

एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रका क्यासीका सदस्य उद्योग वाणिज्य महासंघ/संघ/संस्थाहरुको सहभागिता रहेको उक्त कार्यक्रमका क्रममा नेउवामहासंघको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवर्द्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल गरेकोछ ।

महासंघको उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा कार्यकारणी समितिका सदस्य सहदेव राजभण्डारी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष युवक राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त राज श्रेष्ठ, पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष काशी कुमार जोशी, बाग्लुङ्ग उद्योग वाणिज्य संघका महासचिव बसन्त कुमार श्रेष्ठ, एच.ए. कन्ष्ट्रक्सन प्रा.लि.का व्यवस्थापन निर्देशक हरि बाबु पन्त, पोखरा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक एल.वि. बानिया र महासंघका सहायक निर्देशक रतिस बस्न्यात हुनुहुन्थ्यो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.